जासुसी गरेको आरोपमा लेबनानमा दुई नेपाली पक्राउ

माघ १३ लेबनान,इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा दुई नेपाली पक्राउ परेका छन् । जासुसीको आरोपमा दुई नेपालसहित ५ जना पक्राउ परेको लेबनानको अन्तरिक सुरक्षा अधिकारीले बताएका छन् ।

पक्राउ पर्ने दुबै नेपाली महिला हुन् । तर, उनीहरुको बारेमा थप जानकारी दिइएको छैन । उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको छ । लेबनान जान चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्‍याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गरेको आरोप लागेको छ ।

टर्कीको सरकारी समाचार एजेन्सी आनादोलुका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पठाइएको छ । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन ।पश्चिम एसियाका मुलुकहरुसँग इजरायलको सम्वन्ध राम्रो छैन । अरबसँगको युद्धपछि खाडी मुलुकहरुमा इजरायललाई शत्रु शक्तिका रुपमा हेरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *