जसले पाए पनि, हाम्रो गीत-संगीत जगतले एक खुट्ट्कीलो माथि फड्को मारेको हो- अन्जु पन्त

bidabasini music

नेपाली गीत-संगीत क्षेत्रको उत्थान र प्रोत्साहन गर्नको निम्ति बिगत केहि बर्ष देखि, विन्ध्यवासिनी  म्युजिक अवार्डको आयोजना हुदै आइरहेको छ । वास्तबमा यो एउटा सांगीतिक रण मैदान हो । मंसिर २४ गते आयोजना सम्पन्न भएको विन्ध्यवासिनी म्युजिक अवार्डमा मनोनयनमा परेका आफ्ना प्रतिस्पर्धीहरुलाई पछार्दै वेष्ट फिमेल भोकल सुगम संगीत तर्फ,अन्जु पन्तले मनको दैलो खोली बाट बाजी मारिन् । पुरुष तर्फ प्रमोद खरेलले उछिने । गीत तर्फ क्षेत्रप्रताप अधिकारी संगीत तर्फ राजेश थापाले विन्ध्यवासिनी म्यूजिक अवार्ड पाएका छन् । युगल तर्फ राजेश पायल राईटिका प्रशाईले, लोकदोहोरी तर्फ रामु खडका र मुना थापाले,पप तर्फ जुगल डंगोल  म्युजिक भिडियो तर्फ सूरज श्रेष्ठले बाजी मारेका छन् । गीतकारमा बबी गुरुंग निश्चल र राजकुमार बगरले हात परेका छन् । यस्तै विन्ध्यवासिनी  म्युजिक अवार्डमा, अवार्ड पाउनेहरुमा सुगम पोख्रेल,हरी हुमागाई,शिब बिक पनि रहेकाछन्। भिडियो सम्पादनमा निशान घिमिरे,म्यूजिक कम्पनीमा कामना डिजिटल प्राली रहे । कार्यक्रममा दीपक जंगमलाई लाईफटाईम एचिभमेंट पुरस्कार द्वारा सम्मान गरिएको थियो भने रामकृष्ण ढकाललाई पनि सम्मान गरिएको थियो । छक्का पन्जा टीम र सुर्के थैली खोईले पनि अवार्ड पाएको थियो ।

तेह्रथुम आठराईकी आमा मनु योञ्जन र काठमाडौं नजिक फफिर्ङका विष्णु पन्तकी छोरी हुन् अञ्जु पन्त । सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने गायिका हुन् अन्जु पन्त ।०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेकी अन्जु पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा मनवा मन नै योगी बनाऊ’ बोलको भजन रेकर्ड गराएकी थिइन् । २००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौं संस्करणमा उनले उत्कृष्ट गायिका, बर्षको उत्कृष्ट रेकर्डेड गीत “नबिर्से तिमीलाई न पाए तिमीलाई“ सहित अधिकांश अवार्डहरू जितेकी थिइन् ।विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७३ को वेष्ट फिमेल भोकल सुगम संगीत तर्फ अवार्ड हात पारेपछि सूचना खबर डट कमको लागी ईन्द्र जिजीबिषाले केहि जिज्ञासा राखेको थियो ।

विन्ध्यवासिनी म्यूजिक अवार्ड पाउनु भयो नी, कस्तो लागि रहेको छ ?
मलाई लाग्छ यो चौथो पटक हुनु पर्छ । अघिल्लो बर्ष मैले विन्ध्यवासिनि सम्मान पाएकी थिएँ । धेरै खुसी लागिरहेको छ । यसलाई मैले आशीष ठानेकी छु ।

मनोनयनमा परेपछि,अवार्ड पाउने सम्भावना कति देख्नु भएको थियो ?
मलाई सधै काममा नै हतार भईरहेको हुन्छ । आयोजक ज्युहरुले बोलाउनु हुन्छ । मलाई चाहि यो अवार्ड हाम्रो संगीत परिवारको महोत्सव जस्तै लाग्छ । यहाँ सबैजना संग भेटघाट हुन्छ । अरुबेला भनेको सबै जना आ-आफ्नै काममा व्यस्त भइरहेका हुन्छौं । हरेक प्रकारको समस्याहरुको समाधान गर्दै आयोजक ज्युहरुले हामी र हाम्रो गीत-संगीतको निम्ति खटि दिनुहुन्छ । यसैले खुसी साथ म आउने गरेकी छु । मलाई ख़ास  कुन-कुन गीत नोमिनेसनमा परेको हुन्छ, त्यों पनि कुनै बेला त थाहै हुदैन ।

जुन गीत गाउनु हुन्छ, त्यही गीत हिट हुन्छ । तपाईंको स्वरमा जादु छ झै लाग्छ । ख़ास कारण के हो ?
म आफै सिंगर भएर सुन्दा त अझै पुगेको छैन मलाई । अझै राम्रो गर्नु थियो मैले जस्तै लाग्छ । आज भन्दा बिस बर्ष अगाडी जसरी गाउथे त्यतिबेला एकदमै आनन्द लाग्थ्यो । अर्कै संसारमा पुगेको जस्तो लाग्थ्यो । कहिलेकाहीँ आफै मंगमस्त भएर नयाँ-नयाँ कुराहरु फुराउछु । यस्तो कुराहरु फुर्छकी आफैलाई अचम्म लाग्छ । अरे वाह ! यस्तो मिठो पनि गाउन सकिन्छ जस्तो लाग्छ । यता फेरी एउटा स्रोता भएर सुन्दा चाहि,गीत सुन्दा सुन्दै कति पटक रोएकी पनि छु । घरमा मेरो ममी दिदीहरु पनि साह्रै मिठो भएछ भन्नु हुन्छ । बाराम्बर सुन्नुहुन्छ । कहिलेकाहीं यो ठाउँमा यस्तो भएछ भनेर भन्नुहुन्छ । ईश्वरबाट पाएको गिफ्टलाई कसैगरी पनि मेटाउन नसकिन्दो रहेछ ।

विन्ध्यवासिनी म्यूजिक अवार्ड कतिको फियर भए जस्तो लाग्छ तपाईलाई ?
नाढाटी भन्नु पर्दा,कार्यक्रमको दिनमा पनि सुकामाना भन्ने चलचित्रको लागि कृष्ण भाईको गीत रेकर्डिंग थियो । त्यों दिन त्यों काम नगरी नहुने,कार्यक्रमको भोलिपल्ट तुम्लिंगटार कार्यक्रमको लागि जानुपर्ने, समय नभएकोले त्यहीँ दिन जसरी भएपनि त्यों गीतको रेकर्डिंग सक्नुपर्ने थियो । एकदिन त छुट्टी लिएर कार्यक्रम मज्जाले हेर्ने मन थियो । तर रेकर्ड नगरी नहुने भएकोले त्यतै ब्यस्त भईयो । रेकर्ड सकेर, साढ़ेतीन तीर, कार्यक्रममा पुगेकी हुनाले, राम्रो संग कार्यक्रम हेर्नै पाईन । त्यसैले मलाई यो विषयमा केहि थाहाछैन ।

मनोनयनमा पार्नु भयो, बाजीपनि मार्नु भयो । अरु प्रतिस्पर्धी साथीहरुलाई के भन्न चाहनु हुन्छ ?
मेरो अवार्ड मैले मात्र पाएकी हैन । त्यो संगीतको जतिपनि स्रष्टाहरु हुनुहुन्छ, जतिपनि परिवार हुनुहुन्छ,शब्द रचनाकार, संगीतकार, ऐरेंजर,रेकर्डिष्ट सबै जनाले त्यो अवार्ड पाउनु भएको हो । जसले पाए पनि, हाम्रो गीत-संगीत जगतले एक खुट्ट्कीलो माथि फड्को मारेको हो जस्तो लाग्छ । अनि जिम्मेवार पनि थपिन्छ जस्तो लाग्छ । त्यो भएको हुनाले,म सबै जनाको लागि समर्पण गर्छु ।anju panta

One thought on “जसले पाए पनि, हाम्रो गीत-संगीत जगतले एक खुट्ट्कीलो माथि फड्को मारेको हो- अन्जु पन्त

  1. हैन हो आमा त तामांग हुनुहुँदो रहेछ | तामांग भाषाको गीत गाउनु भएको जस्तो लागेन अहिलेसम्म| तामांग भाषाको गीत गाउने जमर्को पनि गर्न पर्यो|

Leave a Reply to Abraham Tamang Cancel reply

Your email address will not be published. Required fields are marked *