चौध लाखको “रोलेक्स घडी कान्ड” मैले जे देखे त्यही लेखे: शान्ति राज राई

shantiraj rai                                        लेखक:शान्ति राज राई
रामहरि रामहरि यो देशमा लाखौ रामहरि होलान् । तर नेपालको राजनीति र मिडियाको चर्चाको शिखरमा सदैव एउटा नाम चलिरहन्छ । त्यो नाम हो रामहरि खतिवडा

रामहरि खतिवडा मेरो आफ्नै जिल्लावासी हुन् । निर्वाचन क्षेत्र हेर्ने हो भने पनि एउटै हो, उनि ओखलढुंगा क्षेत्र न. २ नेपाली काङ्ग्रेस बाट अत्यधिक बहुमतका साथ बिजयी भएर सिंहदरबार छिरेका हुन् । हुन त रामहरि खतिवडा माननीय नभए पनि पनि सदैव चर्चामा रहि रहने एउटा नाम हो । उनि संग मेरो प्रत्यक्ष भेट अहिलेसम्म नभए पनि र कुनै सम्बन्ध नरहे पनि मलाई लाग्छ । रामहरि खतिवडा एउटा कुशल राजनीतिज्ञ हुन् ।

उसलाई राम्रो संग थाहा छ जनताको चाहाना, ओखलढुंगे बासिको सपना, र उस्ले गर्नुपर्ने कर्तव्य, किनकि रामहरि खतिवडा त्यस्तो व्यक्ति हो । यो फुच्चे पङ्कितिकार जस्तै हजारौ पङ्तिकार भिडमा गाई चराउदा चराउदै, बनिबुता गर्दागर्दै, सहरमा आएर केही अवसर खोज्दा खोज्दै समयले कलमजिवी बनाए झै उनी पनि अवसरहरुलाइ खोज्दा खोज्दै काठमाडौ आएर आफ्नै बलाबुद्धिमा टिकेको र बिकेको नाम हो ।

मलाई लाग्छ रामहरि खतिवडाका आफन्तहरु त्यो बेला कुनै राजनैतिक पावरमा थिएनन् । रामहरि खतिवडालाई काठमाडौमा आफ्नो मानो खाएर राजनीति सिकाउने व्याक्तीहरु पनि कमै थिए होलान् । त्यो स्थितिबाट यो स्थितिमा आएका खतिवडा यो देशको एउटा शक्ति केन्द्र हो ।

खतिवडा अहिले गाउँमा कुखुरा मर्दै गर्दानि सुनिने र देशमा सरकार फेरिदै गर्दानि बारम्बार सुनिने नाम हो । खतिवडा आफै ब्रान्ड हो जुन ब्रान्डलाई अन्य ब्राण्डहरुले दैनिक बदनाम गराउन र बजारमा सेयरमूल्य घटाउन सदैव लागि परेका छन् । राजनीति पनि सेयर बजार जस्तै हो जो बजारमा उत्तारचढाव आई रहन्छ । माननीय ज्यु, मलाई लाग्छ तपाईं एउटा सबैको आवजहरुलाई मनन गर्ने, सबै जाती, माटोलाई माया गर्ने ब्याक्तित्व हो ।

मलाई लाग्छ तपाईंलाई कुनै १४, १५ लाखको घडी चोरी रहने आवस्यकता देख्दिन र तपाईंले त्यस्तो काम गर्नुहुन्छ भन्ने पनि लाग्दैन । तपाईंको हजारौं सुभचिन्तकले बिश्वास पनि गरेका छैनन् । साच्चिकै ठट्टाको बिषय हैन खतिवडाले चाहने मात्रै हो भनेनी उसलाई मतदान गर्ने १३९७८ जना संग रु १०१ दरले उठाउदा नि रु १४,११,७७८ हुन आउँछ । त्यो बजारमा सुन्न आएको घडीको मूल्य भन्दा ११,७७८ रुपैया बढी हो ।

मैले सुने अनुसार तपाईंले हजारौं गरिवहरुको उद्धार, आपतमा परेका सैयौको कार्य ब्यबस्थापनहरु गर्नु भएको सुनेको छु । भलै, तपाईंको सत्रुहरुले गोपि क्याच गर्न त्यो प्रपोकाण्डा मच्च्याए होलान् । उनीहरुले पनि यो बुझ्न जरुरी छ २१ औ शताब्दीको जमाना हो ।

कुनै ढाटछलले अबको राजनीति हुन्न । जस्ले काम गर्छ, उहीँ अगाडि बढ्छ कुनै बेला यो पङ्तिकार पनि आफ्नो पेशा छाडेर राजनीतिमा होम्मिएर तपाईंको विपक्षको स्टेज बाट बोल्न परेनी एउटा कुरा भन्नू सकु, बल बहादुर राई, गोपाल राई, यज्ञराज सुनुवार, हर्कबोल राईहरुले पुरागर्न नसकेको काम म पुरा गर्न आएको छु भन्न सकु । अबको आउने दिनमा ओखलढुंगेली र उत्पीडित जनताहरुको आवज बुलन्द पारेर अगाडि बढनुहोस ।

यहि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *