चुनाव गराउन किन आफ्नै नेतृत्वमा सरकार चाहियो

baburam१८ भदौ, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तेस्रो दलले सरकारको नेतृत्व गर्न छाड्नु पर्ने बताएका छन् । साथै उनले दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा संविधान कार्यान्वयन नहुने खतरा रहेको बताए ।

आगामी डढे वर्षभित्र तीन वटै निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु पर्ने बाध्यता रहेको भन्दै उनले भने, ‘तर, संसदमा भएका तीन वटै साथीहरु (कांग्रेस, एमाले र माओवादी) सरकार बनाउने र गिराउने खेलमा मात्र लाग्नु भयो भने नहुने खतरा छ ।’

पत्रकार अनिल थापाको पुस्तक ‘अविराम बाबुराम’ विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले तीन दललाई चुनाव गराउन किन आफ्नै नेतृत्वमा सरकार चाहियो भनेर प्रश्न गरे ।

चुनावका लागि कांग्रेस, एमाले र माओवादीलाई आफ्नै नेतृत्वमा सरकार चाहिएको भन्दै उनले भने, त्यसको अर्थ त धाँधली गरेर मात्र चुनाव जितिन्छ भनेको हो नि ।’

उनले अघि भने, ‘जसको नेतृत्वमा भएपनि हुन्छ । मिलेर जाउँ, छिटो चुनाव गरौं र संविधान संशोधन गरेर मधेसी जनजातिका मागलाई सम्बोधन गरौं पो भन्नु पर्ने हो ।’

भट्टराईले यदि आफू प्रचण्डको ठाउँमा भएको भए प्रधानमन्त्री नबन्ने बताए । धेरै वर्ष काम गरेका प्रचण्डले सम्मान नै गर्ने भन्दै उनले भने, यदि प्रचण्डको ठाउँमा म भएको भए म सत्तामा जान्नँ । यि कुरा गरौं, म समर्थन गर्छु भन्नुपथ्र्यो ।’ उनले अघि भने,’एमालेले पनि त्यसो भन्नुपथ्र्यो कि कांग्रेसले भन्नुपथ्र्यो ।’

बहुदलमा कांग्रेस र एमाले नमिलेर कहिले लोकेन्द्रबहादुर चन्द त कहिले सूर्यर् बहादुर थापालाई प्रधानमन्त्री बनाएको र त्यसले बहुदललाई नै बदनाम गरेको उनको विश्लेषण छ । पहिलो संविधानसभामा माओवादी र कांग्रेस नमिल्दा ‘कहिले माधवकुमार नेपाल त कहिले झलनाथ खनालको टाउकोमा हाल्ने काम’ भएको भन्दै उनले भने, ‘अहिले विचरा प्रचण्डजीको टाउकोमा हालिएको छ ।’

source: onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *