चिलंखे खड्का अचल सन्तति समाजको साधरणसभा सम्पन्न १४ जना सम्मानित

काठमाडौ, २३ पुस- चिलंखे खड्का अचल सन्तति समाजको १६ औ साधरणसभा भब्य रुपमा समपन्न भएको छ । काठमाडौको चाबहिलमा उक्त कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा १४ जनालाई सम्मान गरिएको थियो । सम्मान हुनेमा ११ जना ईन्जिनियर दुई जना जेष्ठ नागरिक एक जना सिए रहेकाछन् । समाजको बौद्धिक व्यक्तित्व र देशको विकास निर्माणगर्ने व्यक्तिहरु र समाजको हरेको कुरामा सहयोग गर्दै आएकाले यस समाजले अभिनन्दन गरेको कार्य समिति सदस्य उद्धब खड्काले जानकारी दिए ।

कार्यक्रममा देउ ढुङ्गा पारिवारिक पत्रिकाको विशेष अंक विमोचन गरिएको थियो । चिलंखे खड्का अचल सन्तति समाजद्वारा प्रकाशित पत्रिकाको प्रकाशन उपसमितिमा वलदेव खड्का संयोजक, उद्धब खड्का र केशरकुमार खड्का सदस्य रहेका छन् । उक्त कार्यक्रम वलदेव खड्काले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । भने पुर्व डिआईजी समेत रहेका चिलंखे खड्का अचल सन्तति समाजका अध्यक्ष चन्द्र बहादुर खड्का नेपाल आयल निगमका पुर्व कार्यकारी निर्देशक रुद्र खड्का, चिलंखे खड्का अचल सन्तति समाजका संरक्षक वलदेव खड्का, डा.यज्ञ गजाधर खड्का, न्युथ साउथ वयल्थ अष्ट्रेलियाको अवैतानिक महा बाणिज्य दुत दिपक खड्का, पुवांर खड्का गुठिका अध्यक्ष सहदेव खड्का र चिलंखे खड्का अचल सन्तति समाजका सल्लाहकार नविन खड्का लगायतले मन्तव्य राखेका थिए ।

खड्का समाजका अध्यक्ष चन्द्र बहादुर खड्काले साधारण सभामा उत्साह जनक उपस्थिति र भव्य रुपमा सम्पन्न भएकोमा खुशी व्याक्त गरे ।आफू अध्यक्ष भएको एकबर्ष पुगेको स्मरण गर्दै अध्यक्ष खड्काले आफूलाई सबैले सर्वसहमत ढंगले जिम्मेवार दिएको भन्दै आफ्नो कार्यकालमा शाखा गठन संस्थाको आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्तगर्दै भवन निर्माणको लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *