चितुवाको छाला सहित भोजपुरका राई पक्राउ

कार्तिक ३ काठमाडौं, सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार कीर्तिपुर गेटबाट भोजपुरको छिनामखु-७ घर भएका ३७ वर्षीय ज्ञानबहादुर राईलाई दुई थान छालासहित पक्राउ गरेको थियो ।

पक्राउ परेका राईलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।

उनको साथबाट संरक्षित र दुर्लभ मानिने ध्वाँसे चितुवाको एक र अर्को एक गरी दुई वटा छाला बरामद भएको थियो ।

संरक्षित ध्वाँसे चितुवा अन्यन्तै दुर्लभ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *