चलचित्र मट्टिमालाको छायाङकन पुरा भयो

काठमाडौ , २५ मंसिर – कलाकार बुद्धी तामाङ राजनि गुरुङ लगायत चिरन राइ संज्ञा श्रेठ को मुख्य भूमिकामा रहेको चलचित्र मट्टिमालाको छायाङ्कन सकिएको छ । ३ महिना लगएर छायाङ्कन गरिएको चलचित्र मट्टिमालालाई काठमन्डौ काभ्रे सिन्धुलिगढ़ी , कुलेखानि घान्द्रुक लगायतका रमणिय ठाउहरुमा गीतहरुको छायङ्कन् गरि सकिएको चलचित्र निर्देशक टेके पौरखिले बताएका छन।

चलचित्रको ७० प्रतिशत राजधनि र बाँकी काठमाडौ बहिर गरिएको निर्देशक पौरखिले बताए। मट्टिमालाको कथा गाउ र शहरको जीवन यापनमा आउने फरक पनलाई बोकेको छ ।

चलचित्रको बारेमा बोल्दै निर्देशक पौरखी एउटा गाउमा जीवन यापन गर्ने र शहरमा जीवन यापन गर्ने युवाहरुको कथामा यो चलचित्र निर्माण गरिएको हो।चलचित्रमा द्वन्द, माया प्रेम्,मनोरन्जन सबै किसिमको मसला मिसिएको निर्देशक राई बताउछन् । उनका अनुसार् मट्टिमाला चलचित्रमा मुख्य भुमिकामा बुद्धि तामाङ, रजनि गुरुङ,चिरन राई , संज्ञा श्रेठ लगायत धेरै कलाकारहरु रहेका छन । चलचित्रको कथा निर्देशन टेके पौरखिले गरेका छन भने चलचित्र पृथ्वी राईको लगानिमा बनेको हो। चलचित्रमा संगीत सुमन राईको रहेको छ भने गायक गायिका अमृता लिम्बु, बबिना किराति, संगीता थापा, सुन्दर लामा अनि संगीतकार सुमन राइले पनि गाएका छन। रोशन भट्टराई ,जानु काम्बाङ लिङदेन र साङे ब्लोन् तामाङले गीत लेखेका छन् । राहुल राईले खिचेको यो चलचित्रलाई अनिल कुमार महर्जनले सम्पादन गर्ने छन । चलचित्र यसै बर्षको अन्तिममा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रका निर्देशक टेके पौरखि र निर्माता पृथ्वी राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *