चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको आवाजमा यसपालिको तिज गीत “मेरो मायालु”, सार्वजनिक –(भिडियो सहित)

काठमाडाैँ । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको आवाजमा यसपालिको तिज गीत “मेरो मायालु”, सार्वजनिक –(भिडियो सहित)

चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र गायिका पुजा क्षेत्रीको तिज गीत “मेरो मायालु” बजारमा आएको छ ।
नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित उक्त गीत बजारमा आएको हो ।

बद्री पंगेनीले आवाज दिएका तीज गीतहरु चर्चित छन् । गीतमा बहुचर्चित सर्जक शिब हमालको लय तथा शब्द रहेको छ ।

बद्री पंगेनी र गायिका पुजा क्षेत्रीले आवाज दिएको उक्त गीतमा लोकप्रिय मोडल शंकर बि.सी., करिश्मा ढकाल र सुजन बाबु क्षेत्रीको अभिनय रहेको छ । सामाजिक र एक प्रेमी प्रमिका बीच माया पिरतीको कहानीमा जोडिएको तीज गीतमा निर्देशन भने मोडल शंकर बि.सीले गरेका हुन् ।

राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेका म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको छ । उक्त गीत “ मेराे मायालु ” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानल मार्फत बजारमा आएको छ । भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *