‘घायलचरी’ मार्फत संगीतबजारमा विकास संगम राई

चिसाङ्ग शेर्पा-कार्तिक ३० खोटाङ्ग
अन्य गायकको गीत सुनेर आफूपनी त्यस्तै गायक बन्छु भनी स्कुले जिवनबाट स्टेज कार्यक्रममा गीतसंगीत गाउँदै आएका खोटाङ्गका युवा गायक विकास संगम राईघायलचरी’ नामक एकल गीतिएल्बम मार्फत स्रोता समक्ष आउने भएका छन् । गीत गाउन रुचि भएका राई सानै उमेरमा आफ्नो कला र गलासहित नेपाली संगीत बजारमा आउन लागेका हुन् ।

२०५० साल जेठ १ गते दिक्तेल नगरपालिका बाम्राङ्ग ८ मा माता धनकुमारी राई र बुवा ईश्वरमान राईको जेठो छोराको रुपमा जन्म भएका २३ वर्षिय अविवाहित राईले ०६६ सालमा साबित्रा मावि बाम्राङ्गवाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । प्रबेशिका परिक्षा उतिर्णसंगै गायनको नशालाई औपचारिकता दिन नवगायक राईले ०७१ बाट औपचारिकरुपमा गायन कक्षा लिईरहेका छन् । खोटाङ्ग जस्तो विकट जिल्लाबाट संगीत दुनियाँमा आफ्नो भविष्य कोर्नभनी राजधानी छिरेका उनले गायन सम्बन्धी कक्षा लिंदै एकल एल्बम बजारमा ल्याउने तयारीमा जुटेका हुन् ।

स्रोताहरुको मन जित्नलाई भनि रातादिन खटेर सार्वजनिक हुन लागेको ‘ घायलचरी’ले सबैको मन छुने उहाँको भनाई रहेको छ । नेपाली लोक आधुनिक पपशैलीमा आधारित एल्बममा पाँच गीत रहेको छ । ५ गीतमध्ये तीनवटा गीतमा गायक स्वंयमकै शब्द रहेको छ । ‘घायलचरी’माया नमार,म मरेर,नथ्थीवालीले,ए मेरी आमाजस्ता गीत समाबेश रहेको छ । गायक राईका अलवा पुष्पराज बस्याँल,जिएस स्मितको शब्द तथा गोबिन्द थापामगर,साजन राई गायक विकास संगमको संगीत रहेको छ ।

गाँउबाट नै प्रबेशिका परिक्षा उतिर्ण गरेका उनले आफ्नो गायनप्रतीको कलालाई स्थानियस्तरमा प्रस्फुटन गराउन भ्याए पनी चित्त नबुझेका कारण यतिबेला औपचारिक रुपमा गायनलाई मुख्य पेशा बनाएर काठमाडौस्थित दिपचण्डी संगीत विद्यालय बालाजुमा प्रशिक्षक गोबिन्द थापा मगरका प्रशिक्षार्थी भई गायन सम्बन्धी कक्षा लिईरहेका छन् । आफ्नै लगानीमा समापनको विन्दुमा रहेको ‘घायलचरी’नामक गीतिएल्बमको अन्तिम कार्य द्रुतगतीमा भईरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *