ग्वारखोलामा प्रहरीले गोली चलायो

 

कालो चस्मा लगाएकाले गोली चलाएका हुन ।

कालो चस्मा लगाएकाले गोली चलाएका हुन ।

गणेश आचार्य, भदौ २५ दाङ । तुलसीपुर १८ ग्वारखोलामा गएराती प्रहरीले गोली चलाएको छ । ग्वारखोलाको किनारमा रहेको सागर कटेजमा जिप्रका बाट तुलसीपुरका लागि सादा पोशाकमा खटिएका प्रहरीले कटेजमा मदिरा पिइरहेका युवाहरूमाथि गोली चलाएको हो ।

प्रहरी स्रोतका अनुसार मदिरा सेवन गरिरहेका युवाहरूलाई प्रहरीले रातीसम्म किन होटेलमा बसेको भन्दै हातपात गरेका थिए । प्रहरीले उनिहरूलाइ बियरका बोतलले समेत हानेका थिए । प्रहरीले बियरको बोतलले नै हानेपछी उनिहरू पनि प्रतिकारमा उत्रिएका थिए । दुई पक्षबिच सामान्य हात हालाहाल हुँदा प्रहरी जवान सुदिप बुढाले पेस्तोलले एकपटक हवाई फाएर गरेको र अर्को पटक भने सिधै ताकेर खुट्टामा गोली हानेकाे स्रोतले बतायो ।

प्रहरीको गोली लागि रामपुर ९ का दानबहादुर बुढा घाइते भएका छन् । उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार घटना विवरण अध्यन गर्दा गोली चलाउनुपर्ने अवस्था थिएन । सुदिपले बिना आदेश नै गोली चलाएको प्रहरी स्रोतले बतायो ।

दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले भने प्रहरी माथि आक्रमण भएकाले आत्मरक्षाका लागि गोली चलाएको प्रतिक्रिया दिएका छन् । उनले उक्त घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

को हुन् गोली हान्ने प्रहरी ?
प्रहरी जवान सुदिप बुढा इप्रका तुलसीपुरमा घुमुवा रहँदा आर्थिक विवादमा मुछिएका पात्र हुन् । प्रहरीको आचरण विपरीत काम गरेको आरोपमा इप्रकाले उनलाई गोल्टाकुरी चेोकीमा पठाएको थियोे । उनी पटकपटक बिभागिय कार्वाहीमा समेत परिसकेका छन् ।

गोल्टाकुरी चेोकी बाट जिप्रका पुगेका उनी त्यहीँ घुमुवा बसे । एसपी सिंह जिप्रका आउने बित्तिकै तुलसीपुर खटाइएका उनले सुरूमा राम्रो काम गरे । तर,पछिल्लो समय भने उनलाई जिप्रका बाट खटिएको मात चढ्यो । बजारमा घुम्दा समेत कम्मरको पेस्तोल देखाएर हिड्ने उनी अलि बढी सन्काह स्वभावका भएको उनका सहकर्मी नै बताउँछन् ।

पछिल्लो समय उनि जुवा सञ्चालक सँग मिलेर कमाउ धन्दामा लागेका छन् । उनले तुलसीपुरमा चल्ने दुइटा जुवाका खाल बाट दैनिक १/१ हजार रूपैयाँ उठाउँदै आएको जुवा सञ्चालकहरू नै बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *