ग्यासको मूल्य बढाउन व्यवसायीहरुको सरकारलाई चर्को दबाब

फागुन ४ काठमाडौ,ग्यास व्यवसायीहरुले खाना पकाउने ग्यासको मूल्य बढाउन सरकारलाई चर्को दवाब दिएका छन् । घाटा भइरहेको भन्दै मुल्य बढाउन ब्यवसायीहरुले माग गरेका हुन ।

बुधवार एक कार्यक्रम गरि नेपाल एलपी ग्यास उध्योग संघ, नेपाल ग्यास विक्रेता महासंघ लगायतले ग्यासको मूल्य बढाउन यस्तो दवाब दिएका हुन् । यसअघि नेपाल आयल निगमले केही दिनअघिमात्र ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।

नेपाल एलपी ग्यास उद्योगका अध्यक्ष शिव घिमिरेले उद्योगी व्यवसायीको नाफा कम भएको बताए । कार्यक्रममा बोल्दै ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले कमिसन कम हुँदा व्यवसाय नै बन्द गर्ने स्थिति आएको बताए ।

हाल व्यवसायीको प्रतिसिलिन्डर मुनाफा ३२ रुपैयाँ छ । तर निगमका निर्देशक दिपक बरालले ग्यासको मूल्य बढाउन नसकिने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *