गैरआवासीय नेपाली संघ मलेसियाको महासचिवमा रन्जीत कुमार क्षेत्री निर्बिरोध

मलेसिया। गैरआवासीय नेपालीसंघ मलेसियाको महासचिवमा रन्जीत कुमार क्षेत्री निर्बिरोध भएका छन् । मलेसियालाई कर्मथलो बनाउँदै आएका कुमार क्षेत्री सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन (२०२१-२३)कार्यकालका लागि महासचिव मा निर्बिरोध भएका हुन्।

गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियामार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका कुमार क्षेत्री नेपाली समुदायको उत्थान र कल्याणका निम्ती सदैव कटिबद्ध रहने उनले बताए ।

मलेसियामा बिगत लामो समयदेखि व्यवसायी गर्दै आएका कुमार क्षेत्री एनआरएनए मलेसियामा आबद्ध हुदै दुई कार्यकाल सचिवको जिम्मेदारी समेत सकुशल निर्बाह गरिसकेका छन् ।

श्रमिकको हक,हित र अधिकारलाई सुनिश्चित गर्दै र यसमा थप कटिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै महासचिवमा आफ्नो उम्मेदवार दिएका थिए ।

अन्तर्राष्टिय अर्घाखाँची सम्पर्क मंचका अध्यक्ष समेत रहेका कुमार क्षेत्री विभिन्न संघ संस्थासँग आवद्ध छन् ।

एनआरएनए मलेसियाको अधिवेशन तथा सपथ कार्यक्रम यहि जुलाई ३० तारिखको मिति तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *