काठमाडौ २९ चैत्र, प्रहरीको गुन्डाको सूचीमा रहेका दावा लामामाथि राजधानीको गौरीघाटमा गोली प्रहार भएको छ । दीब्यपार्टी प्यालेसको ‘जिम’ क्लवमा मंगलबार बिहान गुन्डा नाइके लामामाथि गोली प्रहार भएको हो । अज्ञात ब्यक्तिको गोली प्रहारबाट लामाको ढाँड र खुट्टामा गोली लागेको छ। गोली लागेका लामालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। लामा नेपाली कांग्रेस निकट मानिएको छ ।
गोलि कसले हान्यो भन्ने अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ । वरिपरि रहेको सिसिटिभी हेरेर घटनाको छानबिन गर्ने प्रहरीले बताएको छ । प्रत्यक्षदर्शिको अनुसार पैदलै हिड्दै आएका युवाले लामा माथि चार राउण्ड गोलि प्रहार गरेर भागेका थिए । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले हालै बनाएको १ सय २२ जना गुण्डाहरुको सूचीमा लामा बि ग्रेडमा रहेका छन् । राजधानीमा जुवा खेलाउने पैसा लुट्ने लगायत अपराधिक घटनामा उनि संलग्न रहदै आएका छन् ।