काठमाडौ २८ भदौ- गायिका तथा मोडल मोनालिसा पराजुलीले नेपाली सांगीतिक तथा कलाकारीताको क्षेत्रमा काम गर्न थालेको लामो समय भयो । यसबिचमा उनले अभिनय, गायन सँगसँगै निर्देशनमा पनि हात हालेकी छन् । गायक सुवास पराजुलीकी छोरी मोनालिसाले आँफै निर्देशन गरेको गीतमा स्वर समेत आँफैले भरेकी छन् भने उनी आँफैले अभनिय गरेकी छन् ।
अंग्रेजी भाषाको गीत ‘कलरफुल माइन्ड’को भिडियो रिलिज भए लगत्तै चर्चित बनेको छ । जसमा मोनालिसाकै अभिनय देख्न सकिन्छ । भिडियो उनले आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।
हलिउडमा आफ्नो परिचय बनाउने सोचका साथ अग्रेजी गीत गाएको उनले बताइन् । पवन थापाको संगीत रहेको गीतको भिडियो सन्दीप श्रेष्ठले छायांकन गरेका हुन्, भने सम्पादन बिकाश ज्ञवालीको रहेको छ । गायिका तथा मोडल मोनालिसा इञ्जिनियरिंगकी विद्यार्थी समेत हुन् ।