गायिका कला राईको “ईशारा” आज देखि बजारमा(भिडियो सहित)

माघ ४ काठमाडौ,गायिका कला राईले आफ्नो एल्बम “ईशारा” बजारमा ल्याएकी छिन् । गायिका कला राईको यो भन्दा अगाडि “कला”,“अफर” र “लुक्स” एकल एल्वमहरु बजारमा आईसकेका छन् । “ईशारा” कला राईको चौथो एकल एल्बम हो ।

रिभेन्ज म्युजिक सेन्टरले बजारमा ल्याएको “ईशारा”मा अशोक राईको शब्द रचना संगीतमा ‘बिनायो मुर्चुङ्गा”,शिब संगम राईको शब्द रचना र संगीतमा “ईशारा गरि”डिबी गुरुङ्गको शब्द रचना र बिष्णु अधिकारीको संगीतमा “लाग्छ मलाई” साजन राईको शब्द रचना र डक्टर किरातको संगीतमा “धेरै रोए” दिवाकर थपलियाको शब्द रचना र याकुब राईको संगीतमा “फूल फूल्यो चमेली” रबिन्द्र दिखुक्पाको शब्द रचना र कनकाइस्ट राईको संगीतमा “लिम्चिम्बुंग शिरमा” गरेर छ वटा गीतहरु रहेका छन् । फूल फूल्यो चमेली बोलको गीतमा गायिका कला राईलाई गायनमा दिपेश राईले साथ् दिएका छन् ।

ए नि लै लै, छोरीको जीवन उडाई लान्छ रेल्ले बोलको गीत बाट आफ्नो सोलो गायन यात्रा सुरुवात गरेकी गायिका कला राई, २०५७ सालको देशव्यापी लोक गीत प्रतियोगितामा प्रथम २०६३ सालको देशव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो अनि, ब्राइटर तिम्रो सुर मेरो गीतमा पनि दोस्रो हुदै सांगीतिक आकाशमा चम्किंदै, अहिले देश विदेशको सांगीतिक कार्यक्रमहरुमा ब्यास्त छिन् ।

स्रोता र दर्शकहरुको मायालाई नै आफ्नो जीवनको सफलता मान्ने गायिका कला राई जीवनको अन्तिम पल सम्म पनि गीत संगीतमै रहेर काम गर्ने बिचारमा छीन् । यो भन्दा अगाडिका एल्बमलाई जतिपनि स्रोता दर्शकहरुले मन पराई दिनु भएको थियो,त्यसैगरी, यो ईशारा एल्बममा समेटिएका गीतहरुलाई पनि,धेरै मेहनत गरेर बजारमा ल्याएको हुँदा, यो एल्बमलाई पनि त्यसैगरी यो एल्बम पनि सबैको मन मस्तिष्कमा बस्ने बताउछिन् कला राई ।

कला राईको म्युजिक भिडियो हेर्न याँहा क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *