गायक सुनिल राईको संगीतमा “खुशी” (भिडियो सहित)

काठमाडौ ७ कातिक- गायक सुनिल राई संगीतकार भएर उदाएका छन् । हालै बजारमा सार्वजनिक भएको “खुशी” बोलको गीत मार्फत सुनिल संगीतकारको रुपमा आएका हुन् । बिपना राईको शब्दमा सुनिल राईको संगीत र नीरज श्रेष्ठको एरेन्ज रहेको छ भने रन्चो तामाङ्गको स्वर रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोमा आमोश छेत्री र झरना राईले अभिनय गरेका छन् । अरुण राई र साईको पिठाकोठेको निर्देशनलाई मणि कन्दन र दिपकले छायांकन गरेका हुन् भने साईको पिठाकोठेले नै सम्पादन पनि गरेका छन् ।
यो भन्दा अगाडि गायक तथा संगीतकार सुनिल राईको आफ्नो एकल गायनमा युनिक नामक गीति एल्बम बजारमा ल्याई सकेका छन् ।
गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *