गायक दिपक राई बान्तावाको गीति एल्बम “तिमीलाई नै” लोकार्पण

ईन्द्र जिजीबिषा-काठमाडौ २९ चैत्र,गायक दिपक राई  बान्तावाको गीति एल्बम “तिमीलाई नै” लोकार्पण गरिएको छ । काठमाडौको गौशाला रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको बिच उक्त एल्बम लोकार्पण गरिएको हो । बरिष्ठ गायक प्रेमध्वज प्रधान लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा उक्त गीति एल्बमको  लोकार्पण गरेका थिए । गायक दिपक राई २०६७ सालको भोजपुर आईडल बिजेता पनि हुन् ।

कार्यक्रममा गायक रुपकुमार राईले एउटा सफल कलाकार बन्नलाई कला र बिचार चाहिन्छ । गायक दिपक राईमा कला पनि छ र बिचार पनि छ । यसर्थ दिपक राई निश्चितै सफल गायक हुनेमा आफू विश्वस्त रहेको बताए ।

यसैगरी बरिष्ठ संगीतकार डक्टर किरातले दिपक राई शब्द लेखनमा,संगीत र गायकी तिन वटै विधामा दख्खल राख्न सक्ने युवा गायक हुन् र उनले तिन वटै विधामा आफूलाई प्रस्तुत पनि गरेका छन् । सबै नै राम्रो छ, तर मेडिया र स्रोता दर्शकहरुले साथ् दिएको खण्डमा पक्कै पनि उनि सफल गायक हुनेमा कुनै संका नरहेको बताए ।

बरिष्ठ गायिका बिमला राईले अहिलेको गीतहरु छिटो चल्ने र छिटै हराउने पनि गर्ने गरेको छ, तर दिपक राईको गीतहरु कालजयी होस् भन्ने हामी आशा गरौ भनिन् ।

यसैगरी बरिष्ठ गीतकार एवं कबि भुपाल राईले “दिपक राईको सबै गायकी राम्रो छ । यो एल्बम भित्र रहेको गीतहरु सबै नै राम्रा छन् । यति हुदा हुदै पनि अरु भन्दा पृथक धार र शैली भने नभएको बताए । कुनै पनि कलाकारले अरुले जस्तै नक्कल गर्नु भन्दा आफ्नै शैलीलाई प्रस्तुत गर्न सक्यो भने त्यो आफ्नो परिचय बन्ने बताए । एल्बम भित्र रहेको “तिमी त साथि घर पुगी आयौ” बोल रहेको गीतले आफूलाई छोएको र परदेशीहरुको वास्तविक घटनालाई यथार्तमा प्रस्तुत गरिएको बताए ।”

प्रमुख अतिथिको आसन बाट बोल्दै बरिष्ठ गायक प्रेमध्वज प्रधानले यो एल्बम भित्र रहेको गीतहरु राम्रा रहेको र दिपक राईले पनि धेरै मेहनत गरेको कारण मेहनत अनुसारको गीतहरु पनि उत्कृष्ट रहेव्को बताए ।

गायक तथा संगीतकार भर्जिन भोईस स्टुडियोका संचालक कनकाईस्ट राईको सभा अध्यक्षमा सम्पन्न कार्यक्रममा  बरिष्ठ गीतकार एवं कबि भुपाल राई, बरिष्ठ संगीतकार डक्टर किरात, बरिष्ठ गायिका बिमला राई, गायक रुपकुमार राई, सत्यकला राई, कला राई, राई बुढा लगायत अन्य अतिथिहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *