गामका नेपाल बन्द,अब डेबिट, क्रेडिट कार्ड मार्फत मेडिकल गरेको पैसा अतिर्नु पर्ने

काठमाडौ १८ फागुन- साउदी, ओमन र बहराइन जाने कामदारले मेडिकलका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्ने छ ।

यसै सिलसिलामा गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले नयाँ नियम लागू गर्दै गाम्का नेपाल पनि बन्द गराएको छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले नेपाल सहित इन्डोनेसिया र श्रीलंकाको गाम्का संस्था खारेज गरेको हो ।

अब साउदी अरब, ओमन र बहराइन जाने कामदारले अनलाइनमा आवेदन भरेर त्यसैका आधारमा तोकिएका मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनु पर्ने छ । एपोन्टमेन्ट लिन अनलाइनबाटै जीसीसीलाई रजिष्ट्रेशन बापत १० डलर भुक्तानी गर्नुपर्छ ।

म्यानपावर व्यवसायीले भने सरकारको स्वीकृति बेगर यस्तो व्यवस्था लागू गर्दा कामदार मर्कामा पर्ने बताएको छ । अहिले विदेशिने कामदारले डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्ने अवस्था छैन । कमाउन जान लागेका कामदारलाई जीसीसीले अनावश्यक झन्झट सिर्जना गरिदिएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *