२६ साउन , काठमाडौँ : मेरी स्टोप सामुदायिक क्लिनिक धनगढीकोले जथाभावी गर्भपतन गर्ने औषधी खुवाउँदा महिलाको मृत्यु भएको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा प्रर्दशन गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गदैँ क्लिनिक सञ्चालकलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही गर्न माग गरेका गरेका छन्।
मृत्यु हुनेमा धनगढी पमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको घेराउ गरेको हो ।
प्रिती थापा बिहीबार बिहान गर्भपतन गर्न गएकी थिइन् र क्लिनिकको सञ्चालक विनोदमणि जोशीले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव भएर सेती प्रादेशिक अस्पताल लगिएको थियो भने उनको उपचारका क्रममै मृत्यु भएको थियो ।
प्रहरीले मेडिकल सञ्चालक २५ वर्षीय जोशीलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।