गजल :-गाउँले डि.बि. कार्की बुल्बुल

गजल
आँखाबाट आँसु सँगै झरेछ जिन्दगी
झर्दा-झर्दै भंगालोमा परेछ जिन्दगी

जब टुट्यो सपना सिसासरी चैटिएर
अनि कसैको नजरमा मरेछ जिन्दगी

स्विकार्नै त पर्‍यो हारे पछी पराजित
जब हारें म दुरकतै सरेछ जिन्दगी

उस्तै रैछन समाज अनि गाउँले सारा
दाग लगाई मुटुभरी हरेछ जिन्दगी

आँखाबाट आँसु सँगै झरेछ जिन्दगी
झर्दा-झर्दै भंगालोमा परेछ जिन्दगी

गाउँले डि.बि. कार्की बुल्बुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *