खोटेहाङ गाउँपालिकामा सुशिला निनाम

खोटेहाङ ४ असार- खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाबाट संघीय समाजवादी र नयाँशक्ति गठबन्धनकी सुशिला राई (निनाम)ले प्रमुख पदमा उम्मेदवार दिएकी छिन् । सोहि गाउँ पालिकाको उपाध्यक्षमा परशुराम दाहाल रहेका छन् ।

नयाँ शक्ति निकट विद्यार्थी संगठनको जिल्ला सह संयोजक हुदै राजनीतिमा लागेकी निनाम किरात राई विद्यार्थी जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य समेत भई सकेकी छिन् । दिक्तेल बहुमुखी क्याम्पसमा बिए दोस्रो बर्षमा अध्ययनरत सुशिला निनाम जिल्ला भरिकै कान्छी उम्मेदवार हुन् । थोरै तर स्पष्ट बोल्ने निनाम अहिले २३ बर्षकी भएकी छिन् ।

खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रले राजन ढकाल र सुशिल वान्तवा राई, नेपाली काँग्रेसले प्रेम राई र उषाकला राईलाई र एमालेले प्रदिप राई र कविता राईलाई उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *