खोटाङ्ग कांग्रेसबाट ४७ जना उम्मेदवार आकांक्षीको नामावली सिफारिस (नामावली सहित)

खोटाङ्ग ११ असोज- प्रदेश सभाको चुनाव नजिकिए संगै नेपाली कांग्रेस खोटाङ्गमा ४७ जना उम्मेदवार आकांक्षीहरुको नामावली सार्वजनिक गरिएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुकोे नामावली आगामी १७ गतेभित्र काठमाण्डौमा पुग्नेगरी कांग्रेसले सिफारिस गर्ने जनाएको छ ।

पत्रकार सम्मेलन दिएको जानकारी अनुसार प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्वारमा शिवकुमार वस्नेत, सर्वधन राई, सरस्वती वजिमय, कृष्ण कुमार राई रहेका छन् । समानुपातिकमा हिरा गुरुङ, नवराज केसी, पदम निरौला, योगेन्द्र राईको नाम सार्वजनिक गरिएको छ ।

प्रदेशसभातर्फको एक नम्बर प्रदेशका लागि नरेश कुमार श्रेष्ठ, सुवास कुमार पोखरेल, दिनेश राई, वीरकाजी राई, जितेन्द्र सिं ठकुरी र भगवती निरौला रहेका छन् । समानुपातिकका उम्मेद्वारहरुमा ज्ञानेन्द्र जोशी, जनक कार्की, फटिककुमार श्रेष्ठ, चक्र राई, डा. राजकुमार राई, भक्तजंग राई, रोजन राई, दुरेन राई, शान्तिदेवि राई, पेशल राई, दुर्गाप्रसाद घिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवि रेग्मी, उमेशचन्द्र आचार्य र कुमार पुरीको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

यस्तै, दुई नम्बर प्रदेशको प्रत्यक्षतर्फमा विष्णुकुमार राई, रविप्रकाश राई, महेन्द्र कुमार कट्वाल र रमेश खड्का छन् । समानुपातिकतर्फ केशवराज कार्की, तीर्थराज भट्टराई, कमला राई, वसन्त राई, सुमनवावु आचार्य, रामकुमारी राई, खेम वहादुर खड्का, राम साम्पाङ राई, देवी राई, भरत पोख्रेल, प्रेमकुमार कट्वाल र ललिता राउत रहेका छन् ।

प्रत्यक्षमा एक महिलासहित ३ जना र समानुपातिकतर्फ एक महिलासहित ३ जनाको नाम सिफारीस गर्न केन्द्रले निर्देशन दिएता पनि कांग्रेस खोटाङले निर्वाचनमा भागलिन ईच्छुक अधिंकास नेताहरुको जम्बो नामावली सिफारीस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *