खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत “न तिमीलाई आफ्नो” सार्बजनिक

काठमाडौ १० बैशाख, नेपाली गीत संगीतका पारखी खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत “न तिमीलाई आफ्नो” सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रका कुशल गायक बिश्व नेपालीको आवाज रहेको यो गीतमा खेम प्रसाद घिमिरेको आफ्नै शब्द रहेको छ ।

यसै गरि शिशिर सडकको संगीत रहेको उक्त गीतमा मनोज पौडेलको संगीत संयोजन रहेको छ । यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । म्युजिक भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन भने उत्सव दाहालले छायांकन गरेका हुन । भिडियोमा के .के अनि रक्षाको अभिनय रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ ।
गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *