खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यबस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो

काठमाडौं – नेपाल खाद्य संस्थानले को थापाथलिस्थीत गोदाममा रहेको खाद्य बस्तुमा ढुंगा बालुवा र धुलो भेटिएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले आईतबार साँझ गर्नुभएको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

गोदाममा मुगु र कालिकोटबाट ल्याएको सिमिमा ठेकेदारले ढुंगा, बालुवा र धुलो मिसाएको भेटिएको थियो । वाढी प्रभावित क्षेत्रमा पठाउनका लागि सिमि प्याकिङ्ग गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ्ग ठेकेदार भगवान गिरीले बताए । ‘प्याकेजिङ्ग गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १२ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो’ उनले भने ‘अहिले सबै अखाद्य बस्तु हटाएर शुद्ध बनाएर राखेका छाँै ।’

थापाथली गोदाममा ७ सय २० क्विण्टल सिमि राखिएको मध्ये ४० क्विण्टल वाढी प्रभावित क्षेत्रमा पठाईएको वाग्मती अंचल प्रमुख भेषनाथ न्यौपानेले बताउनुभयो । त्यस्तै गोदाममा रहेको ७ सय ८ क्विण्टल तितेफापरमा पनि धुलो फेला परेको छ ।

गोदाम प्रमुख न्यौपानेका अनुसार खाद्य संस्थानका तत्कालिन प्रमुख शिवहरी श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहन प्रकास चन्दको पालामा खरीद गरीएको उक्त खाद्य बस्तुमा ठेकेदारसंगको मिलेमतोमा अखाद्य बस्तु मिसाईएको हो । ‘सबै खाद्यवस्तुको खरीदमूल्य लुकाईएको छ विक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्थामा म भर्खरमात्र सरुवा भएर आएकोले सबै विवरण खोज्दै छु’ उहाँले भन्नुभयो ।

गोदाममा २०७२ सालमा भूकम्पपिडीतका लागि आएको चामल समेत वितरण नगरी राखिएको अवस्थामा भेटिएको छ ।
विग्रेको खाद्यान्न जनताकहाँ नपुगोस ः मन्त्री

आपूर्ति मन्त्री मण्डलले कुहेको र फोहर मिसिएको खाद्यपदार्थ जनताकहाँ नपठाउन निर्देशन दिनुभएको छ । खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालल र गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘समस्या भएमा तुरुन्त खवर गर्नुहोला तर विग्रेको खाद्यबस्तु प्रयोग नहोस’ मन्त्री मण्डलले भन्नुभयो ‘तुरुन्त सफा गरेर विक्रीको प्रवन्ध मिलाउनु होला ।’ उहाँले १० दिनभित्र गोदाम परीसर सरसफाई गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री मण्डलले गुणस्तर र परीणाम दुवैमा कैफियत देखिएकोले छानविन गर्नेलाई कार्वाही गर्ने बताउनुभएको छ । खरीदका क्रममा त्रुटी गरेर खाद्य संस्थानको बदनाम गर्न खोजीएको प्रति आफू दुखित भएको उहाँको भनाई छ । गोदामभित्र भएको कैफियत देखिएको छ, भद्रगोलका विचबाट खरीद गरीएको भेटिएको छ’ ’ मन्त्री मण्डलले भन्नुभयो – ‘खरीद गर्दाको जिएम अवकास भईसकेकोले टेण्डरको खवतमा भएको त्रुटीका विषयमा बोलाएर छलफल गर्छौँ र हदैसम्मको कार्वाही गछौँ ।

धान गोदामको रुपमा नामाकरण गरीएको उक्त गोदामका संरचना निकै जिर्ण भएको, गोदाम परीसरमा झाडी र फोहर जम्मा भएको लामो समयसम्म पनि सफा नगरीएको भेटिएकोले तुरुन्त सरसफाई र मर्मत गर्न पनि निर्देशन दिनुभयो ।
गोदाममा ४० हजार ९ सय ३९ क्विण्टल चामल समेत रहेको छ । चुहिएर चामल, सिमी र फापर विग्रन सक्ने भएकोले तत्कालै मर्मत र सरसफाईको व्यवस्था मिलाउन पनि मन्त्रीले निर्देशन दिनुभयो ।

खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले भवनहरु जीर्ण भएकोले मर्मत गर्ने र सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने गरेमा हाई काढेर बस्ने कर्मचारीले काम पाउने बताउनुभयो । २०६५÷६६ मा टेण्डर प्रकृयाबाट चौधरी ग्रुपले लिजमा लिने भनेपनि सम्झौता पनि नगरेको र टेण्डर बदर पनि नभएकोले अव टेण्डर प्रकृया बदर गरेर भवनहरु मर्मतको प्रकृया अगाडी बढाईने उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *