७ भदौ, काठमाडौँ : खराब मौसमका कारण कर्णालीमा विगत दुई दिनदेखि उडान अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमिकोट विमानस्थल र मुगुको ताल्चा विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।
जसका कारण कर्णालीका पहाडी क्षेत्रमा धेरै यात्रु अलपत्र परेका छन् ।
कमजोर सडक सञ्जालका कारण कर्णाली प्रदेशका यी दुर्गम पहाडी जिल्लाका अधिकांश मानिस उडानमा निर्भर छन् । पहिरो र बाढीका कारण भत्किएका सडकले पनि राहत पाउन सकेको छैन ।