क्यारेबियन कलेजका विद्यार्थीहरु चढेको बस दुर्घटना, एकको मृत्यु

पौष २ काठमाडौ, ललितपुरमा रहेको क्यारेबियन कलेजका विद्यार्थीहरु पिकनिक जादै गर्दा बा २ ख ६९२२ नम्बरको बस  फर्पिङ-कुलेखानी  सडकको  लामागाउँ  भन्ने स्थानमा  दुर्घटना  हुँदा एक  विद्यार्थीको मृत्यु  भएको छ । बस दक्षिणकाली नगरपालिका अन्तर्गत फर्पिङ-कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेको छ। मृत्यु हुनेमा कक्षा १२ का विद्यार्थी १८ वर्षीय युवराज केसी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित २३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई अहिले केहीलाई फर्पिङस्थित मनमोहन अस्पताल र दुईजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ ।

स्रोतका अनुसार विद्यार्थीहरू बस भाडामा लिएर शनिबारको छुट्टीमा रमाइलो गर्न पिकनिक हिँडेका थिए । बसमा कती विद्यार्थी थिए भन्ने खुल्न बाँकी छ । कच्ची सडकको मोडबाट स्लिप खाएर बस तल खसेको प्रत्यक्षदर्शीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *