क्यानका महानिर्देशकलाई पर्यटनमन्त्री किरातीको दोस्रो स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमँन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेका छन्।

पहिलो पटका सोधिएको स्पष्टीकरणको जवाफ दिन महानिर्देशक अधिकारीले अस्वीकार गरेपछि मन्त्री किरातीले दोस्रो पटक स्पष्टीकरण सोधेका हुन् । महानिर्देशक अधिकारीलाई तीन दिनभित्र दोस्रो पटकको पत्रको जवाफ दिन भन्दै मन्त्रालयले पत्र पठाएको छ ।

यसअघि पर्यटनमन्त्री किरातीले असार ११ गते महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए । एक साताभित्र जवाफ माग्दै मन्त्री किरातीले स्पष्टीकरण सामाजिक सञ्जालमा राखेपछि महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनी लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरेकोमा आपत्ति जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *