कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता भएको छ। प्रदेशको नाम कोशी राखिएकोमा विरोध जनाउँदै परिवर्तनको माग गरेर आन्दोलित पक्षसँग सरकारका प्रतिनिधिले विराटनगरको विग होटेलमा छलफल गरेका हुन्।

पहिचान पक्षधरले पनि वार्ता समिति बनाएर छलफल गर्ने निर्णय गरेको थियो। उक्त पक्षबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु वार्ता समितिमा छन्। उनीहरू विभिन्न पार्टी र जातीय संघ संस्थाका प्रतिनिधि हुन्।

गत फागुन १७ गते प्रदेश सभाले प्रदेश १ को नाम कोशी नामाकरण गर्ने प्रस्ताव पारित गरेको थियो। आदिवासी जनजाति बाहुल्य क्षेत्र रहेकाले त्यही पहिचान कायम हुने गरी प्रदेशको नाम राखिनुपर्ने माग आन्दोलन पक्षधरको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *