कोटेश्वर कलंकी सडक खण्डको निर्माणमा कछुवाको गति ( फोटोहरु सहित )

ईन्द्र जिजीबिषा-कार्तिक २ काठमाडौ, सांघाई कन्सट्रकसन ग्रुपले निर्माण गरिरहेको कोटेश्वर कलंकी १०.३६९ कि.मी सडकखण्ड ४ बर्षमा पूरा गरेर हस्तान्तरण गर्नु पर्नेमा ३ बर्ष बितिसक्दा लगभग ११ प्रतिशत मात्र काम सकिएको छ ।

२२ पौष २०६९ मा सम्झौता भएर २१ भदौ २०७० देखि सडक निर्माण शुरु भएको थियो ।तर निर्माण सुरु भएको तीन बर्ष बितिसक्दा कोटेश्वर बालकुमारीको पुल र बल्खुस्थित बल्खु खोलाको पुल निर्माण अन्तिम अवस्थामा पुगेको बाहेक कोटेश्वर बाट कलंकी सडक खण्डमा कोटेश्वर बाट एकान्तकुना सम्म कछुवाको गतिमा सडकको दायाँबायाँ ढल निर्माण बाहेक अरु केही नगरी कछुवाको गतिमा सडक निर्माण भइरहेको छ ।

निर्माण भइ सकेका ठाउँमा पनि निर्माण पुरा नहुदै, कतिपय ठाउँ भत्की सकेको छ । कोटेश्वर र ग्वार्कु बि एण्ड बि अगाडि बन्दै गरेको आकासे पुल पनि अहिले अलपत्रै छ ।

भारतिय नाकाबन्दी र भुइचालोको कारण देखाउदै निर्माण कार्यमा ढिलाइ भएको योजना प्रमुख ज्ञानेन्द्र कुमार शाहले बताएर जोगिने प्रयास गरेका छन् । यसरी निर्माण कार्य ढिलाइ भइ दिदा बालकुमारी देखि ग्वार्कु सम्म र सातदोबाटोमा सवारीसाधनहरु घण्टौ सम्म जाममा पर्ने गरेको र सडक दायाँबायाँ खाल्डाखुल्डी र धुलोको कारण दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।

चीन सरकारले चार अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको आयोजनमा इन्जिनियर, सब इन्जिनियर सहित १५० जना चिनियाँ कामदार निर्माण कार्यमा खटिएका छन् ।

फोटोहरु कोटेश्वर देखि सातदोबाटो सम्मको स्थानहरु

सातदोबाटोमा नदी गरेको ढल 

satdobato road

बि एण्ड बि अगाडि बन्दै गरेको आकासे पुल 

b and b pul

ग्वार्कुमा पानीको निकासको लागि बन्दै गरेको ढल 

gwarku

कोटेश्वर र बालकुमारी बिचको खोलामा निर्माण कार्य अन्तिम अवस्थामा पुगेको पुल 

koteshwar pulkoteswar pul

कोटेस्वरमा बन्दै गरेको आकासे पुल 

koteshwar

Leave a Reply

Your email address will not be published. Required fields are marked *