कैलाली कारागारमा प्रहरीमाथि कैदीबन्दीले गरे आक्रमण

काठमाडौं। कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालयबाट कारागारमा अनुगमनका लागि खटिएको प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गर्दा १ जना प्रहरी अधिकृत घाइते भएका छन्।

आक्रमणबाट प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्तको टाउकोमा चोट लागेर घाईते भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा आक्रमण हुँदा असई सामन्त घाईते भएको जानकारी दिए।

उनका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका १५ थान मोबाइल,३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ।

कैलाली कारागारमा मदिरा र लागुऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो छ। सोही गुनासो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *