कृष्णभक्त राई र सुनिता थेगिमको स्वरमा रहेको “बिन्ति नमस्कार” छायांकन सम्पन्न (फोटो फिचर सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ – गीतकार तथा संगीतकार जित लिम्बुको “विन्ती नमस्कार” बोलको गीतको लिप सिङ्ग भिडियो छायांकन सम्पन्न गरिएको छ । काठमाडौ अनामनगरस्थित सेवा रेकर्डिङ्ग स्टुडियोमा उक्त गीतको छायांकन सम्पन्न गरिएको हो ।

“हावा सरर” बज्यो लौ हरण” जस्ता चर्चित गीतको गीतकार तथा संगीतकार जित लिम्बुको यो गीत पूर्वेली लोक भाकामा रहेको छ । यो गीतमा वरिष्ठ गायक एवं संगीतकार कृष्णभक्त राई र अहिलेकी चर्चित गायिका सुनिता थेगिमको स्वर रहेको छ । यो गीतको एरेन्ज पनि गायक एवं संगीतकार कृष्णभक्त राईकै रहेको छ ।

गायिका सुनिता थेगिम गीत संगीतको क्षेत्रमा लागेको छोटो समयमा नै, चर्चाको शिखरमा पुग्न सफल गायिका हुन् । उनको दर्जनौ गीतहरु रेकर्ड भईसकेका छन् । सुनिता पछिल्लो समयमा देश बिदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा भ्याई नभ्याई भएकी छन् । गायक तथा संगीतकार कृष्णभक्त राईका पनि सयौ गीतहरु रेकर्ड भएका छन् ।

आफूहरुले गाउदै आएका गीतहरु भन्दा अलिकति फरक लय र आम मानिसहरुको जन जिब्रोमा सजिलै बस्न सक्ने भएकोले यो गीत सबैको प्रिय बन्ने गायक तथा संगीतकार कृष्णभक्त राई र गायिका सुनिता थेगिमले बताएका छन् ।

फोटो फिचर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *