किरात याक्थुम चुम्लुङ्गद्वारा निर्देशक नवीन सुब्बा र प्रकाश आङ्देम्बे सम्मानित

दक्षिण कोरिया ७ कातिक- कोरियाको बुसान शहरमा भएको BIFF बुसान अन्तर राष्ट्रीय चलचित्र फेस्टिभलको 22औ कार्यक्रमको अवसरमा नेपालबाट सहभागी हुन कोरिया आएका दुई निर्देशकलाई सम्मान गरेको छ । नेपालको संस्कार ,संस्कृति वा आफ्नो मौलिक अनुहार पर्दा मार्फत बिम्बित गराई सिंगो चलचित्र क्षेत्रमा योगदान गर्दै याक्थुङ समुदायलाई पनि विश्व सामु चिनाउन सफल भएकोले निर्देशकद्वय नबिन सुब्बा र साहित्यकार तथा निर्देशक प्रकाश आङ्देम्बेलाई किरात याक्थुम चुम्लुङ्ग दक्षिण कोरियाले भेटघाट कार्यक्रम तथा सम्मान गरेको हो । कार्यक्रम कोरियाको आन्सानस्थित सगरमाथा रेस्टुरेन्टमा सम्पन्न भएको हो । कार्यक्रम, प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान र कि.या.चु. दक्षिण कोरियाका अध्यक्ष सुन्दर दिप आङ्देम्बेले संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गरेका थिए।

सम्मान पछि आफ्नो मन्तव्य राख्ने क्रममा निर्देशक नवीन सुब्बाले नेपाली चलचित्र क्षेत्र नयाँ धार तिर उन्मुख हुँदै गर्दा हामी विभिन्न जातजाती, भेषभुषा, परम्परा,रितिरिवाज संस्कृति बोकेको देश भएकोले सबै खालको चलचित्र निर्माण गर्न बिर्सनु नहुने जिकिर गर्दै यहि सोचका साथ समाजको कथा अनि आफ्नै संस्कृति झल्किने नेपाली पन बोकेको चलचित्र “नुमाफुङ”बनाएको बताए। त्यसैगरी अर्को निर्देशक प्रकाश आङ्देम्बेले नेपाली चलचित्र नेपालीहरुको विविधता,नेपालीपन झल्किने नेपाली चलचित्र बनाउदा नचल्ने स्पष्ट पार्दै दु:ख व्यक्त गरेका गरे ।

उत्त सम्मान कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथी नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष चित्र बहादुर मोक्तान,उपाध्यक्ष मोहन जबेगुले आ-आफ्ना मन्तव्य राखेका थिए। चुम्लुङका संरक्षक गणेश मेन्याङ्बो र चुम्लुङ कोरियाका निवर्तमान अध्यक्ष सन्तोष मादेनले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम उपाध्यक्ष गजेन्द्र सेर्माले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *