कालोमोसो दलेको पुष्टि भएपछि अध्यक्ष पोखरेल निलम्बन

१५ साउन, काठमाडौं : विद्यार्थी नेताले छानबिनका क्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा।डा। महेश दाहालमाथि कालोमोसो दलेको पुष्टि भएपछि नेविसंघले मोरङका अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरेको कुरा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

नेविसंघका नेता सरोज पोखरेल लगायतका टोलीले सेवा आयोगका अध्यक्ष प्रा। डा। महेश दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।
नेविसंघको आदर्श, मूल्य, मान्यतावमा कालोमोसो दल्नु नेविसंघको नियम विपरीत भएकोले केहीलाई कारबाही गरिएको नेविसंघका अध्यक्ष शेर्पाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *