काठमाडौ १८ बैशाख, सत्तासिन दलले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाअभियोग विरुद्ध एमालेले आक्रमक रणनीति तय गर्ने भएको छ । कार्कीलाई हटाएर आफु अनुकुलको न्यायालय चलाउन गोपालप्रसाद पराजुलीलाई ल्याइएको निष्कर्ष सहित उनी विरुद्ध नै महाअभियोग लगाउने विषयमा एमालेमा छलफल सुरु भएको छ ।यस विषयमा आज बस्ने स्थायी समितिको बैठकमा छलफल हुने एमालेका एक नेताले बताए ।
कार्यवहाक प्रधानन्यायाधीश पराजुलीले जेठ २४ गतेबाट ५८ दिनका लागि प्रधानन्यायाधीश पाउँथे । तर कार्कीलाई महाअभियोग लगाएपछि उनले आईतवार बाटै कार्यबाहक पाएका छन् । एमाले श्रोतका अनुसार उनी विरुद्ध जन्म मिति घटाएको, एस.एल.सि. को प्रमाणपत्र पेस नगरेको लगाएतका आरोप छन् । त्यसैगरि सरकारी जग्गा अतिक्रमण गरेको मेडिकल कलेज माफियाहरुसंग मिलेको आरोप पनि छन् । संबैधानिक प्रवधान अनुसार संसदको एक चौंथाई सांसदको हस्ताक्षर भए महाअभियोग दर्ता हुन्छ । एमालेसंग त्यो भन्दा बढी संख्या अर्थात १८२ छ ।
प्रमुख प्रतिपक्ष दल एमालेको उच्चतहमा महाअभियोगका विषयमा छलफल भइरहेको र पराजुली विरुद्ध प्रमाण जुटाउने प्रयास भइरहेको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोगलाई एमालेले निरंकुशताको अध्यासमा रुपमा ब्याख्या गरेको छ ।
पराजुली विरुद्ध नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको आरोपमा महाअभियोग लगाउने विषयमा छलफल भइरहेको नेपाल पाटिले समाचार लेखेको छ ।