काठमाडौंबाट अर्घाखाँची गइरहेकोे बस त्रिशुली नदीमा खस्दा ६ जनाको ज्यान गयो

काठमाडौ,१३ मंसिर – काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेकोे बस त्रिशुली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । लु २ ख २९१ नम्बरको यात्रुबाहक बस आज बिहान ९:३० बजे त्रिशुली नदीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना पुरुष र २ जना महिला रहेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा न ३ को फिस्लिङबाट बस त्रिशुली नदी खसेको हो । बस सडकबाट करिव १५० मिटर तल खसेको र बस त्रिशुली नदीमा डुब्दा बसको छत मात्र पानी भन्दा बाहिर देखिएको छ ।

बस खसेलगत्तै केही यात्रु पौडिएर नदीबाट बाहिर निस्किएका छन् भने केहीलाई स्थानीयले जीवितै उद्धार गरेका छन् । उद्धार कार्य जारी रहेकाले दुर्घटनामा दुर्घटनामा ज्यान जानेको शंख्या बढ्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *