काठमाडौँ महानगरले सहकारीलाई दियो यस्तो निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थालाई साधारणसभा र लेखापरीक्षण लगायतका विवरण ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले कानूनी व्यवस्था हुँदाहुँदै पनि केही सहकारी संस्थाले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका बमोजिमका विवरणहरु समयमै पेस नगरेकाले पेस गर्न निर्देशन दिएको हो । तोकिएको ३० दिनभित्र विवरण नबुझाए कानून बमोजिम कारबाही गरिने समेत महानगरले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *