असोज १८ काठमाडौं, मंगलवार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राम अयोध्या प्रसाद यादवले सोधे-बढेको तलब भत्ता खोइ त ?
यसअघि कांग्रेसकै सांसद प्रेमकिशोर प्रसाद साहले पनि सांसदहरुको तलब भत्ताले काठमाडौंमा बस्न नसकिने भन्दै बृद्धि हुनुपर्ने माग गरेका थिए ।
सांसद यादव मिडियाकर्मीमाथि समेत खनिंदै भने, मिडियाले पनि सहि समाचार लेख्नुहोस, ०५२ सालदेखि सांसदको भत्ता बढेको छैन ।
पत्रपत्रिका पढेर घरबेटीले भाडा बढाइसके । तर हामीले पाएका छैनौं । मिडियाहरुले सांसदहरुको तलब भत्ता बढेको भनेर समाचार लेखेपछि घरबेटीले २० देखि २५ हजारसम्म घरभाडा बढाएको गुनासो गरे ।
अबिलम्ब सरकारले नियमावली बनाएर सुबिधा बढाएर साउनदेखिकै बढेको तलबभत्ता देओस् ।’