काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित भएको बताएका छन् ।
अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने उनले बताए । नेपाली समाजको निराशाको कारण पनि यही भएको बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ ।’
उनले अब लय बिराएको कांग्रेसमा थिति बसाल्नुपर्ने बेला आएको बताए । अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उनको भनाइ छ ।