कांग्रेसलाइ जिताउन नुनथलामा आतुर छन् जनता, वडाध्यक्ष जगविर तामाङ

स्थानीय निर्वाचन तहको दोस्रो चरण चुनावमा नेपाली काग्रेसका तर्फवाट रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा वडाध्यक्षका प्रतिस्पर्धी युवानेता हुन् जगवीर तामाङ्ग । कांग्रेसले टिकट दिएसंगै नुनथलाका लागि सयौं विकासे योजना र नुनथलावासी आम जनताका सपना साकार पार्न स्थानीय निर्वाचनमा उठेका तामाङले बृद्धबृद्धा, एकल महिला, वालवालिका, युवावर्ग, शिक्षा, स्वास्थ्य, विधुत, ग्रामिण सडक, पर्यटनका लागि उपलब्धिमुलक तथा प्रभावकारी चुनावी एजेण्डाहरु अघि सारेका छन् । ‘आफ्नो गाउँ आफै बनाउन रातदिन जनताका घरदैलामा खटिरहेका तामाङले समग्र नुनथलावासीहरुको ईच्छा र सपनालाई वास्तविकतामा बदल्नेमा आफु निश्चिन्त भएको बताएको छ ।’

देशमा राजनीतिक दल तथा राजनितिज्ञ कयौ भएता पनि कसले देश तथा स्थानीय निकाय र आफ्नो गाउँ विकास गर्न सक्छन् भन्ने दुविधा बढिरहंदा नुनथलाका कांग्रेसका वडाअध्यक्षका प्रत्यासी तामाङले २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा आफ्नो गाउँ बनाउने मान्छे चुन्ने यो सुनौलो अवसरमा आफु स्वंयम सजक र सर्तकता अपनाउन स्थानीय जनतालाई अनुरोध गर्दै पार्टी, जाती र पैसा भन्दा नि समानतामुलक काम गर्ने व्याक्ती चुन्न अनुरोध गरेका छन् ।

रुपाकोट मझुवागढी नगरपालिका नुनथलामा वडाध्यक्ष जगविरका अलवा महिला सदस्य रुपा तामाङ, विमला विश्वकर्मा, खुल्ला सदस्यमा अमृत शेर्पा र उद्धव राई स्थानीय निर्वाचनमा उठेका छन् । आगामी असार १४ मा हुने स्थानिय निर्वाचनपछि नुनथलावासीको सपनालाई साकार पार्न निर्वाचनमा होमिएका अध्यक्ष तामाङका के, कस्ता छन् त चुनावी एजेण्डाहरु ? वडाअध्यक्षका प्रतिस्पर्धी तामाङसंग सूचना खबरका लागी चिसाङ शेर्पाले गरेको कुराकानी  कुराकानी ।

२० वर्षपछि स्थानीय चुनावमा पार्टीले टिकट दिएको छ । कस्तो छ चुनावी चहलपहल ?
सोचेभन्दा एकदमै राम्रो छ । विशेषगरी अव आफ्नो गाउँ बनाउने भनेको युवाबर्गले हो भन्ने सचेतना नुनथलावासी सबैमा चेतना आएको छ । पार्टी, जाती र पैसा भन्दा नि ईमान्दारी, कर्मठ व्याक्ती छनौट कार्यमा लाग्नुपर्ने उहाँहरुको भनाईले पनि दोस्रो चरणको निर्वाचनले नुनथलामा आफुलाई अत्याधिक भोटले जिताउन जनताहरु आतुर छन् ।

नुनथलामा एकमात्र सानो उमेरका उम्मेद्वार हुनुहुन्छ । कस्तो प्रतिक्रिया पाउनुभएको छ ।
हो नुनथलामा सानो उमेर तथा पहिलोपटकका एक्ला उम्मेद्वार हुं । नुनथलावासीको अमुल्य साथ र सहयोग पाईरहेको छु । नुनथलावासी शिक्षितवर्ग, युवा, बृद्धबृद्धा सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ । भोट समेत युवा नेतालाई नै दिन अहिलेको आवश्यकता हो भन्दै सबैले थप उर्जा दिईरहेको छ ।

नेपाली काग्रेसका तर्फवाट नुनथलावासीका लागि के, के छन् चुनावी एजेण्डाहरु ?
खाशगरी नेपाली कांग्रेसका चुनावी एजेण्डाहरु अन्य पार्टीका त्यही पुराना ढर्रा भन्दा फरक तथा पृथक त अवश्य नै छ । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विधुत, साना उधोग, युवा तथा खेलकुद, भाषा संस्कृती, पर्यटक र सामाजिक सुरक्षा लगायतका विषयलाई उच्च प्राथमिकताका साथमा मेरा चुनावी एजेण्डाहरु निम्नानुसार रहेको छ ।
खानेपानी – नुनथलाका सबै वडाहरुमा बृहत खानेपानी योजना पु¥याउने, मुहानको खोजी, संरक्षण व्याव्यस्थापन, धारा निर्माण, साविकका वडाहरुका खेतीयोग्य जमीनलाई थोपा सिचाई, हुर्लुङ खानेपानी सञ्चालन, नुनथलाका माथिल्लो भेगमा तरकारी खेतीका लागि पानी पोखरी निर्माण, चौविसै घण्टा खानेपानीको अपुर्ति गर्न श्रोतको खोजि गरी नुनथलावासीको पहँचमा विस्तार गरी आधुनिक धारा निर्माण तथा मिटर व्यवस्थापन गर्ने ।
शिक्षा – जालपा मा.वि मा हुंदै गरेको नमुना विधालयलाई प्रथम प्राथमिकतामा व्यावस्थापन, पञ्च वर्षिय योजनामा निश्चिन्त व्यवस्थापन गर्ने, अपुग भवन तुरुन्त व्यवस्थापनका लागि पहल, शैक्षिक क्षेत्र वरीपरी तारवार लगाउने, नुनथला प्रा.वि पुईलुङ – खाम्ला – गैरी – हुर्लुङ, नुनथलाडाँडा प्रा.वि लाई नमुना प्रा.वि वनाउने, नुनथलामा हुन गईरहेको पुर्ण वालमैत्री घोषणा कार्यक्रम गरी बालमैत्री विधालयमा जोड दिने ।
स्वास्थ्य – नुनथलामा स्वास्थ्य चौकी ट्रयाक सेन्टर सहित भवन निर्माण, सञ्चालन भईरहेको वार्थिङ सेन्टरलाई आवश्यकता अनुरुप भवनकोठा व्यवस्थापन गरी प्रभावकारीढंगवाट सेवा सुविधा दिने, महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई उचित तालिम, स्थानीय तहवाट प्रोत्साहन भत्ता बढाउने, आम नुनथलावासीहरुको आवाश्यक सल्लाह बमोजिम आकस्मिक स्वास्थ्य कोषको व्यवस्था गरिने ।
सडक – नुनथला कृषी सडक तथा स्थानीय योजनावाट नुनथला – घुमथला, लुकुवा, हाँवु खाम्ला हुंदै वाम्राङ, चुप्ला, दिक्क्तेलसम्म सडक निर्माण । पुईलुङ धौलाङ र महुरेलाई कृषी सडक सञ्जालमा जोडिने, साविकका गाविस नुनथला ५ हुंदै खाम्लासम्मको सडक निर्माणगरी मध्यपहाडी लोकमार्गसँग जोड्ने, स्कुलडाँडा, हुर्लुङ, हाँवु सडक निर्माणमा विशेष जोड, साविक पुईलुङ ४ हुंदै धौलाङ, महुरे सडक विस्तार, नुनथला खर्कटोल गैरी चामखर्कको सडकलाई प्राथमिकताका साथमा राखेर तुरुन्त सम्पन्न गरिने ।
कृषि – नुनथलाका साविकका वडाहरुमा गोठेमल बनाईकन रासायनिक मलमुतm वडा बनाईने, मकै, आलु, गहु, कोदो, धानजस्ता अर्गानिक तरकारी उत्पादन गरि थप आयआर्जन गरिने, मकै आलुको लागि नुनथलालाई पकटक्षेत्र घोषणा, सञ्चालन भईरहेका नुनथलाका फर्महरुलाई गोठ व्यवस्थापन, उन्नत जातका बाख्रा वितरण, नुनथलालाइ गुणस्तरिय दुध उत्पादन हुने पशुपंक्षीका लागि घाँस उपलब्ध गराईने छ ।
विधुत – सम्पुर्ण नुनथला गाविसका टोल र घरधुरीमा फलामे पोल र तारको व्यवस्था मिलाइ स्तरिय विधुत सेवा, दैविक प्रकोप चट्याङवाट हुने क्षति कम गर्न एक घर एक अर्थिङको अनिवार्य व्यवस्था, विधुतीय दुर्घट्नावाट बच्ने विभिन्न प्रभावकारी तालिम प्रदान गरिने, विधुतिय ट्रान्सफर्मर अभावमा विजुली बत्तीवाट वञ्चित उपभोक्तालाई ट्रान्सफर्मरका लागि पहल गरिने छ ।
युवा तथा खेलकुद – नुनथलाकै मात्र नभएर राष्ट्रकै हितका लागि पर्यटकका ठूलो सम्भावना बोकेको रमणियस्थल टोर्केमा भईरहेको खेलमैदानलाइ आधुनिक तवरमा निर्माणगरी दक्ष खेलाडीहरु उत्पादन, प्रत्येक दुई वर्षका अवधीमा खेलकुद कार्यक्रम गरिने, नेपालीहरुको विकराल अवस्था बैदेशिक रोजगारमा जाने युवाहरुलाई स्थानियस्तरमै जागिरका लागि युवा सोरोजगार कार्यक्रमसंगै विभिन्न सीपको तालिम दिईने ।
-भाषा संस्कृति – नुनथलामा रहेका शेर्पा, तामाङ्ग, राई, दलित समुदायका भाषालाई लिपिबद्ध गरी उचित संरक्षण, तामाङ्ग शेर्पा जातिको निर्माण भईरहेको गुम्बाहरु सम्पन्न गर्न रचनात्मक पहल गरिने, अन्य गुम्बाका योजनाहरुलाई पुर्ण योजनामा पारिने, राई जातिका भाषाको स्कुल सञ्चालन तथा साविकका प्रत्येक वडामा साकेला थान निर्माण, दलितहरुको संस्कार संस्कृतीलाई विशेष जोड, पुराना मौलिक कला संस्कृतीलाई संरक्षणमा जोड दिईनेछ ।
-पर्यटक – टोड्के थामडाँडालाई स्तरिय पिकनिक स्पट बनाईने, महुरेगढीको विशेष संरक्षण गर्दै सुविधायुक्त पर्यटकका लागि आधुनिक होटल निर्माणगरी स्तरिय पर्यटक क्षेत्र बनाईने । सम्भावित क्षेत्रहरुको खोजी गरिने ।
सामाजिक सुरक्षा – एकल महिला, विद्युवा महिला तथा जेष्ठ नागरिकहरुलाई स्थानीय तहबाट भक्ता र जेष्ठ नागरिकलाई दोसल्लासहित सम्मान, फरक क्षमता भएका ब्यतिmहरुको परिचयपत्र बनाई छुटेका सेवा सुविधा तुरुन्त व्यावस्थाका लागि विशेष पहल, गाउँ–गाउँमा वालमैत्री क्षेत्र बनाई नुनथलाभित्रका गरिवी, विपन्न, वर्गहरुको वालवालिकाहरुलाई निशुल्क शिक्षाको व्यावस्था मिलाईने छ ।

अहिलेको अवस्थामा चुनावी एजेण्डा भन्दा नि काम गर्ने कुरा चाँहि महत्वपुर्ण कुरा हो ? कस्तो आशा राख्दा हुन्छ तपाईवाट नुनथलावासीले ?
एकदमै राम्रो कुरा कतीपय पार्टीका साथीहरुले वकली नै सकेका छन् । स्थानीय निर्वाचन जिते शहर पस्ने यसरी कसरी हुन्छ गाउँ विकास त्यसैले, म भनेको नुनथलावासीले चुनेर काम गर्न सक्छ, भनेका सुन्छन् भनेर उठाउनु भएको उम्मेदवार तथा नुनथवासीका गोठालाजस्तै हुं । मेरो पहिलो प्राथमिकता नुनथला बनाउने हो त्यसपछि नुनथलाले हामीलाई स्वतः बनाउँछ नि ? अं अघि माथी भनेका वाहेक हाम्रो पार्टीको अन्य योजनाहरु छन् जुन एकदमै आवाश्यक हो । नुनथलाका निमित्त जस्तो नुनथलामा रहेको प्रहरी चौकीको भवन बनाउन पहल, साविकका वडाहरुमा सचेतानमुलक कार्यक्रम सञ्चालनका लागि भवन निर्माण, महुरे नुनथलादेखी हुलुङ्गसम्म सडक बत्तीको व्यवस्था, नुनथलामा ल्याण्डलाईन फोन सुविधाका लागि पहल, प्राविधिक शिक्षालयको जग्गा उपलब्धगरी सञ्चालन गरिने, सामुहिक कृषि खेती, पशुपालन, तरकारी तथा मासु उत्पादनमा समेत प्रोत्साहन दिईने समेत हाम्रा चुनावी एजेण्डा रहेका छन् नुनथलाका लागि ।

अन्त्यमा, यस स्थानीय चुनावमा उठेका प्रतिपक्ष र भोट लगाउन बसेका जनतालाई के भन्नु हुन्छ ?
पक्कै पनि अहिले कतिपय भ्रामक प्रचारप्रसार गरी भोट मागीरहेको सुनिएको छ, देखिएको छ त्यो सारासर गलत हो । यहाँसम्मकी केही साथीहरुले पैसा नै वाँडन थालेको भन्ने हामीले देखेका छौ । जुन भनेको स्थानीय निर्वाचन आचार संहितामा पर्दैन अबैधानिक काम गर्नेविरुद्ध हामीले नुनथला प्रहरी चौकीलाई जानकारी गराएका छौ । जो अहिले पैसामा विक्दै हुनुहुन्छ उहाँलाई भोली त्यहीले हारोस वा जितोस, गाली वेईज्जत गर्ने निश्चित छ । कतीपय साथीहरुले जातियताका कुरा गर्दै भोट मागेको नि यदाकदा सुन्नमा आएको छ । राजनीतिको बहानामा यस्तो विकृती नगर्न सबैमा अनुरोध गर्दै आम नुनथलावासीलाई चुनावमा जिते गाउँ बस्ने हारे फेरी पहिलाकै जागीरमा फर्केर जानेलाई हैन सदैव गाउँमा रहेर जनताका दुख पीरलाई बुझ्ने पार्टीका व्यक्तीलाई भोट दिई नुनथलालाई तपाई हामीले नै बनाउने मौका नगुमाउनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *