कांग्रेसको अग्रता कायमै, पछ्याउदै संघिय समाजवादी दोस्रो स्थानमा

काठमाडौ- स्थानिय चुनावको तेस्रो चरण अन्तरगत भएको प्रदेश नम्बर २ को मत परिणाम अहिले कांग्रसलाई पछ्याउदै संघिय समाजवादी फोरम दोस्रो स्थानमा आएको छ ।

पछिल्लो अपडेट अनुसार, कांग्रेसले २८, फोरमले १९, एमालेले १८, माओवादी केन्द्रले १६ स्थानमा अग्रता लिएको छ ।

पछिल्लो परिणाम अनुसार, संघिय समाज वादीले अग्रता लिएको स्थानहरु यस प्रकार रहेका छन् ।

सप्तरीका महदेवा गाउँपालिका,बिहुल बलान गाउँपालिका, तिलाठी काेर्इलाडी गाउँपालिका, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, रौतहटको कटहरिया नगरपालिका, सर्लाहीको बरहथवा नगरपालिका, पर्साको धोवनी गाउँपालिका, बाराको कलैया उपमहानगरपालिका रहेको छ ।

यसैगरी, सिराहाको नवराजपुर गाउँपालिका, पर्साको कालिका गाउँपालिका, सप्तरीको बोदेवरसाइन नगरपालिका, बाराको करैयामार्इ गाउँपालिका, सर्लाहीको बिष्णु गाउँपालिका, सिराहाको सखुवा नन्कारकट्टी गाउँपालिका,रौतहटको देवाही-गोनाही नगरपालिका र माधवनारायण नगरपालिका, महोतरीको साम्सी गाउँपालिका, धनुषाका जनकनन्दिनी गाउँपालिका मा अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *