आदीम घर
झुण्डाएर भित्तामा
रंगिन सपनाका सेता धर्साहरु
क्रमस मेटिएर अपुष्ट हुदैछन्
चुडिन खोज्छन्
नमज्जा सँग
पुरानो सभ्यताको चहकिलो इतिहास
टाँगिएर चिच्याई रहन्छ
मेरो पुर्खाको तक्दिर
मूलढोका र मूलखाँबो हुदै पितृकुना सम्म
इतिहासकालिन राँकोको भुप्रोहरुमा
सपनाको कालो पुल्ठो जलाएर
अगेनाको दिलमा
चिप्लेकटुसको बोट हुदै
बर्षेनी खस्छ मेरो आदीमकाल
र
तिनै भित्ताहरुबाट सेतो छाया आएर भन्छ
यी तिम्रो सृष्टिकर्ता हुन
बिधुवा आमाको मलिन अनुहार तिर औला ठह्राएर
खबरदारी गराउँदै भन्छ
तिमीहरुले हरेक
उधौली र उभौलीहरुमा
यसरी नै प्रकृति पुज्नु पर्छ
र यसरी नै किराती फूल फूलाउँनु पर्छ
किन कि यही माटोको आदिम फूल हामी हौ ।।
किराती स्पन्दन
यलेदोङ ५०७८/०२/१०
wow!!!