
प्रमुख अतिथि र कार्यक्रम सभापतिले संयुक्त रुपमा दिप प्रज्वलन गरेर, कार्यक्रमको शुभाराम्भ गरिएको थियो । सभापतिको आसन बाट बोल्दै, करेसाबारी कृषि सहकारीका अध्यक्ष कृष्णचन्द्र शाहले कृषि उधममा लाग्ने, कृषक साथीहरूलाई सक्दो रोजगारी बनाउन प्रयत्नमा लाग्ने, रेमिट्यान्स सेवालाई सर्वसुलभ तरिकाले सेवादिन सक्दो प्रयास गर्ने गर्ने, कृषि तालिम र अन्य सेवा सुविधा थप्दै जाने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका माओवादी पोलिट ब्युरो सदस्य, राष्ट्रिय सहकारी संघ लेखा समितिको संयोजक तथा, सहकारी विकास बोर्डका पुर्व सह-अध्यक्ष धर्मदत देवकोटाले सबैको लागि एक र एक को लागि सबै भन्ने अन्तर्राष्ट्रिय सहकारी नारा रहेको छ । सह भनेको संगै कारी भनेको काम । यश अर्थमा सबै मिलेर काम गर्नु नै सहकारी हो । हामी प्राकृतिक रुपमा सबै भन्दा धनी तर प्रयोग गर्नु नजान्दा सबै भन्दा गरिब छौ । ३ बर्ष अगाडि सम्म हामीले लसुन, प्याज चिनलाई निर्यात गर्थ्यौ । तर आज हामीलाई चिनले निर्यात गरिरहेको छ । कोरिया पनि पहिला गरिब राष्ट्र हो ।तर आज लाखौ नेपालीहरू लगायत अन्यलाई त्यहा रोजगारी दिन सक्ने भएको छ । जापानमा गाई पाल्नेलाइ सरकारले एक गाई बराबर ७ डलर दिने गर्छ । यसरी नै हामी पनि अगाडि बढ्न सक्छौं । बोनस र पेन्सनको व्यवस्था गर्न सक्छौं भन्नुभयो । तपाइँहरु आउनुहोस, मैले सकेको सहयोग मेरो ठाउँ बाट गर्न म तयार छु भन्नुभयो ।
करेसाबारी कृषि सहकारीका उपाध्यक्ष तेजकुमार राईले संस्था कुनै एक व्यक्तिले मात्र चल्ने हैन । सबैको सामुहिक प्रयास बाट मात्र चल्ने हो । हिजोका दिनमा कृषि सहकारी मात्र थियो । आज हामीले आइ एम ई, प्रभु रेमिट, हिमाल रेमिट,वेस्टर्न युनियनको रेमिट्यान्स सेवा पनि उपलब्ध गराएका छौं । हाम्रै आफ्नो सहकारीको हाते ट्याक्टर मार्फत,प्रत्यक्ष शेयर सदस्य र अन्यले उपभोग गरि लाभ दिन सकेका छौं । आगामी दिनहरुमा हामी अझ बृहत तरिकाले अगाडि बढी,थप सेवा र सुविधा उपलब्ध गराउने छौं भन्नुभयो ।
कार्यक्रममा नयाँ कार्यसमिति गठन पनि गरिएको छ ।नयाँ कार्यसमितिमा,अध्यक्ष कृष्णचन्द्र शाह, उपाध्यक्ष तेजकुमार राई चुनिएका छन् । यसैगरी, सचीवमा केदार कार्की, कोषाध्यक्षमा विष्णु खत्री र सदस्यहरुमा विशाल बहादुर कार्की, विरबहादुर खत्री, खुशमाया राई, चुनिएका छन् । सुरेश शाहको संयोजकत्वमा सान्तबहादुर माझी र बलमाया भण्डारीको लेखा समिति पनि गठन गरिएको छ ।
कार्यक्रममा, प्रमुख अतिथि, धर्मदेव देवकोटा, विशेष अतिथि शिवराम श्रेष्ठ ( अधिकृत पशु सेवा केन्द्र गोकर्ण ) र अन्य अतिथि र सयौ शेयर सदस्य उपस्थित थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मुना राई र सरिता खत्रीले व्याज लगाइ दिएकी थिइन् । कार्यक्रममा शेयर सदस्यहरुलाई बोनस पनि बाडिएको थियो भने, कार्यक्रमको सञ्चालन संस्थाकै उपाध्यक्ष तेजकुमार राईले गर्नु भएको थियो ।