करिम बेन्जेमा अल–इतिहादमा

काठमार्डौ ।रियल मड्रिड छाडेसँगै करिम बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल–इतिहादसँग तीन वर्षको करार सम्झौता गरेका छन् । १४ वर्ष स्पेनको राजधानीमा रहेका फ्रेन्च फरवार्डको एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय रियलले गरेसँगै उनले क्लब छाड्ने निर्णय गरेका थिए ।

बेन्जेमाले साउदी क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् जसअनुसार उनी सन् २०२६ सम्म क्लबमा रहनेछन् ।

उता अल हिलालले लियोनेल मेस्सीलाई कीर्तिमानी रकममा भित्र्याउने तयारी गरेको छ । नयाँ सिजनमा अन्य सात सुपरस्टारहरूलाई लिगमा भित्र्याउने तयारी विभिन्न क्लबहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *