करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडे

काठमाडौं । फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् ।

रियल मड्रिडले एक विज्ञप्ति निकालेर दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको छ ।

बेन्जिमा २१ वर्षको उमेरमा सन् २००९ मा रियल मड्रिड आएका थिए ।

उनले खेलेको समयमा रियलले २५ वटा उपाधि जितेका छ । युरोपियन कप र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *