कतारका लागि रमेशप्रसाद कोइराला लगायत विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस

 फागुन ९ काठमाडौ,मन्त्रिपरिषद्को दोस्रो बैठकले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मूख्यतः सत्तारुढ दुई दल (काँग्रेस र माओवादी केन्द्र) को भागवण्डाका आधारमा मन्त्रिपरिषद्ले राजदूतहरुको नाम सिफारिस गरेको हो ।

बैठकले युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसाल, श्रीलङ्काका लागि विश्वेम्भर प्याकुरेल, यमनका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापालाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गरेको छ । नयाँ स्थापना हुने दुताबासमा पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *