ओखलढुंगा ४१ औं जिल्लाको रुपमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा

धनु राई-ओखलढुंगा २८ असार
बुधबार ओखलढुंगा जिल्लालाई देशकै ४१ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । एक कार्यक्रमका विचमा ओखलढुंगा जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको हो ।

कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले “हातधुन पनि विदेशी सहयोग माग्नुपर्ने नेपालको अवस्था साह्रै लाजमर्दो भएको” बताएका छन् । मन्त्रि श्रेष्ठले “हातमुख धुन पनि विदेशी सहायता लिनुपर्ने अवस्थालाई गम्भीर रुपमा लिनुपर्ने भन्दै संसारको कैयन देशहरुको तुलनामा हामी दिसा गर्ने र हात धुने कुरामै अल्झिरहेको” बताए ।

अब स्थानीय तहको निर्वाचनसँगै मुलुक संघीयता कार्यान्वयनमा गइसकेकोले विकासको गति पनि त्यसरी नै अगाडि बढाउनुपर्ने पनि मन्त्रि श्रेष्ठले बताएका छन् ।

शिक्षामन्त्री समेत रहेका श्रेष्ठले भूकम्प प्रभावित १४ जिल्लामा १ सय ८३ वटा विद्यालय ट्रस निर्माणका लागि पैसा निकासा गरेको बताए । एउटा ट्रसका लागि ५ देखि साडे ७ लाख सम्मको बजेट छुट्याएको र ओखलढुंगामा मात्रै १३ करोड भन्दा बढी रकम जिल्लामा पठाएको पनि बताए ।

स्थानीय तहले माध्यमिक तहसम्मको नियमन गर्न पाउने भएकोले आवश्यक जनशक्तिका लागि निर्दे्शिका बनाई ल्याइने श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *