एयरपोर्ट अध्यागमनमा ३.५ घण्टा सर्भर बन्द हुँदा यात्रुलाई पर्यो असर

२ असोज, काठमाडौँ : अध्यागमन विभागको आन्तरिक सर्भर मंगलबार करिब साढे तीन घण्टा डाउन भएको थियो ।

सर्भर डाउन हुँदा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटक प्रभावित भएका छन् । बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सर्भर डाउन भएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए । सर्भर बन्द भएपछि म्यानुअल प्रणालीबाट यात्रुलाई सेवा विस्तार गरिएको भुसालले बताए ।

भुसालले भने, ‘यात्रुहरु लामो लाइनमा बस्नुपरेको थियो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले सर्भरमा समस्या आएपनि अहिले समाधान भएको बताए । “आन्तरिक सर्भर डाउन भएपछि, अध्यागमन प्रक्रियाहरू म्यानुअल रूपमा ह्यान्डल गरिएको थियो,” झा भन्छन्। “यसले केही लामहरू लामो बनाइदियो, परिणामस्वरूप 5 देखि 15 मिनेटको ढिलाइ भयो। तैपनि, यात्रुको भीड वा विमानस्थलको सञ्चालन प्रणालीमा कुनै महत्वपूर्ण समस्या थिएन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *