एमालेले पार्टीको केन्द्रीय सचिवालय प्रदेश नम्बर २ बाटै सञ्चालन

काठमाडौं, १३ साउन- नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने भएको छ । तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै यसो गर्न लागिएको हो । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको पार्टी केन्द्रीय सचिवालय प्रदेश नम्बर २ का ८ जिल्लामा खटिने निर्णय यसअघि नै सचिवालय बैठकले गरेको थियो । प्रदेश नं. २ का वीरगञ्ज, जनकपुर र लाहानमा केन्द्रीय सचिवालय खोल्ने एमालेले जनाएको छ ।

प्रदेश नम्बर २ को स्थानीय चुनाव परिचालनका लागि महासचिव पोखरेल वीरगञ्ज, उपमहासचिव बिष्णु पौडेल बारा र अर्का उपमहासचिव घनश्याम भुसाल रौतटहट खटिनुहनेछ । यस्तै सचिवालय सचिव समेत रहनुभएका सचिव प्रदीप ज्ञवाली लाहान योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही, भीम आचार्य सप्तरी र पृथ्वीसुब्बा गुरुङ महोत्तरीमा खटिने कार्यक्रम एमालेले तय गरेको छ । २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले प्रदेश कार्यालयबाट चुनावी अभियान चलाउने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *