‘एक भगवत् गीता’ का निर्माता सुनिलकुमार थापा सेन्सर सिफारिस लिन बोर्डमा घण्टौंदेखि कुरिरहँदा पनि सेन्सर सिफारिस नपाएपछि गुनासो गर्दै फिल्म बनाउन छाडेर अमेरिका पलायन हुने बताए

२२ भदौ, काठमाडौँ : फिल्म ‘एक भगवत् गीता’ का निर्माता सुनिलकुमार थापा सेन्सर सिफारिस लिन बोर्डमा घण्टौंदेखि कुरिरहँदा पनि सेन्सर सिफारिस नपाएपछि बिहीबार चलचित्र विकास बोर्डको माहोल तनावपूर्ण बन्यो ।

केही धार्मिक संघसंस्था चाहिं फिल्मलाई प्रदर्शन अनुमति नदिन भन्दै निवेदन बुझाउन पुगेका थिए । सोही माहोलमा बोर्डमा मिडियाको बाक्लो उपस्थिति थियो ।

उक्त मिडिया जमघटमा निर्माता थापा भावुक र आक्रोशित सुनिए । करोड बढी लगानी भएको फिल्मले प्रदर्शन अनुमति नपाए आफूले फिल्म बनाउन छाडेर अमेरिका पलायन हुने थापाले बताए । बोर्ड नेपाली चलचित्रको पक्षमा नरहेको पाएको गुनासो गर्दै उनले विकास बोर्ड चलचित्रकर्मीको पक्षमा उभिनुपर्ने बताए ।
उनले भने, ‘मैले फिल्म बनाउन थालेको २७ वर्ष लाग्यो । यदि प्रदर्शन अनुमति नपाए हामीले फिल्म बनाउन छाडेर अमेरिका पलायन हुन तयार छौं । यही क्षेत्रमा केही गरौं भन्ने लागेको हो । विकास बोर्ड फिल्मकर्मीको पक्षमा उभिनुपर्छ ।’

विश्व हिन्दु महासंघसहितका १३ धार्मिक संस्थाले फिल्मले शीर्षक परिवर्तन गर्नुपर्ने माग राख्दै बोर्डमा निवेदन बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *