उपेन्द्र कार्की काठमाडौँ जिल्ला सभापतिमा आजकाे आवश्यक्ता

काठमाडाैँ । नेपाली कांग्रेस काठमाडौंको निर्वाचन १२ गते आइतबार हुँदैछ । शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । सभापतिम वर्तमान सभापति सबुज बानियाँ र २ नम्बर क्षेत्रका सभापति उपेन्द्र कार्कीबीच प्रतिष्पर्धा हुँदैछ । 

बानियाँको यो कार्यकाललाई कांग्रेस बुझ्नेहरुले सुखद् मानेका छैनन् । उनले सभापति हुँदा पार्टीभित्र देखिएको विवादलाई हल गर्न पनि सकेनन् ।

कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारको रुपमा मात्र उनलाई हेरिएको छ । सिंहले आफू काठमाडौंमा बलियो भएकाले स्वभाविक रुपमा बानियाँले जित्छन् भनेर दाबी गरे पनि पछिल्लो समयमा सिंहको गुट कमजोर भएको विश्लेषण गर्न थालिएको छ ।

सिंह काठमाडौं–१ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद र पार्टीका पूर्व महामन्त्री तथा उप–सभापति पनि हुन् । सिंहकै प्रतिनिधिका रुपमा बानियाँ अघि बढेका छन् । बानियाँले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ६ मा पनि आफू पक्षधर सभापतिका उम्मेदवार कृष्णमान श्रेष्ठलाई सभापति जिताउन सकेनन् ।

यो क्षेत्रमा भीमसेनदास प्रधान पक्षका श्यामकृष्ण खड्गीले सभापति जिते । यस अर्थमा पनि बानियाँ कमजोर हुँदै गएको अनुमान लगाउन सकिन्छ । पछिल्लो समयमा कांग्रेसका कुनै पनि नेताले काठमाडौंमा दोहो¥याएर सभापति जितेका छैनन् ।

बानियाँलाई गुटको पछि लागेको र पार्टीको भन्दा पनि सिंहकै कार्यकर्तामात्र भएको पनि आरोप लागेको छ । उपेन्द्र काठमाडौं २ को दुइपटक सभापति भइसकेका छन् । उनी प्रखर वक्ताका रुपमा चिनिन्छन् ।

पार्टीमा धेरै लामो समयसम्म योगदान र संघर्ष गर्दै आएका कार्कीले सभापतिको उम्मेदवारी धेरै अघि घोषणा गरेका हुन् । उनी कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको उम्मेदवार पनि रहेका थिए । कार्कीको क्षेत्रमा मतदाता बढी भएकाले पनि उनले जित्ने बलियो आधार भएको छ ।

२६ जना महाधिवेशन प्रतिनिधिमा २२ जना कार्की पक्षका आएका छन् । कार्कीलाई काग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको समर्थन रहेको छ । यसैगरी नेता कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री तथा काठमाडौं ६ बाट निर्वाचित प्रतिनिधिसभा सांसद भीमसेनदास प्रधान, काठमाडौंका पूर्व सभापतिहरु तीर्थराम डंगोल, ध्यानगोविन्द रञ्जितलगायतको पूर्ण समर्थन रहेको छ ।

कार्कीले आफू सभापति भएपछि जिल्लाको लागि के गर्ने भनेर खाकासमेत तयार पारिसकेका छन् । पार्टी संगठन विस्तारमा कुशल भूमिका खेल्दै आएका कार्कीले अहिलेसम्म पार्टीमा वा सामाजिक कार्यमा जे भूमिका पाए त्यसलाई कुशलतापूर्वक निर्वाह गरेका छन् । उनी पार्टीमा आलोचित र कलंकित भएका छैनन् ।

क्रियाशील सदस्यमा सबैजसो क्षेत्रमा विवाद हुँदा पनि कार्कीले विवादरहित ढंगले नामावली बुझाएका थिए । कार्कीले सबै मतदाता तथा शुभेच्छुकसँग सहयोगको अपेक्षा गरेका छन् । उनले आफ्नो नेतृत्वले काठमाडौं कांग्रेस गतिशील र उर्जाशील हुने स्पष्ट पारेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *